तराईका भू–भागमा ह्वातै चिसो बढ्याे

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । आज (मंगलबार) बिहान तराईका भू–भागमा भने हुस्सु-कुहिरो लागेकाे छ । जसका कारण तराईमा चिसो ह्वातै बढेको हाे । हुस्सु र कुहिरोका कारण सवारी साधन सञ्चालनमा समेत बिहानको समयमा कठिनाइ हुने गरेको […]

सम्बन्धित सामग्री

मधेसमा शीतलहरले अत्यधिक चिसो बढ्याे, जनजीवन प्रभावित

धनुषा । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम […]

काठमाडाैंमा चिसो बढ्याे, सतर्कता अपनाउन आग्रह

काठमाण्डाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरे । तथ्याङ्क […] The post काठमाडाैंमा चिसो बढ्याे, सतर्कता अपनाउन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देशभर चिसो बढ्याे, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र

देशभर चिसो बढ्याे

देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

देशभर चिसो बढ्याे, सचेत रहन चिकित्सकहरुकाे आग्रह

जाडोको सिजन सुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन्।

तुवाँलो र प्रदूषणका कारण चिसो बढ्याे

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहान बेलुका चिसो बढ्न थालेको छ ।चैतको सुरुमा बिहान बेलुकाको तापक्रम बढे पनि केही दिनदेखि फेरि चिसो बढेको हो ।वायुमण्डलमा तुवाँलो र प्रदूषण बढेका कारण चिसो पनि बढेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तुवाँलो र प्रदूषणले घाम जमिनको सतहमा आउन नपाएकाले जमिन तात्न नपाएर चिसो बढेको हो । जमिन राम्रोसँग तात्न नपाउँदा अधिकतम र न्यूनतम तापक्रम घटेको र यसकै कारण चिसो भएको उहाँले बताउनुभयो ।सामान्यतया चैतको यो बेला काठमाण्डौको न्यूनतम तापक्रम १३, १४ डिग्र...

चिसो बढ्याे, स्थानीय बेसी झरे, गाउँ खाली

ताप्लेजुङको हिमाली बस्ती लेलेपको घुन्सा र पापुङका बासिन्दाले चिसो छल्न हिजोआज गाउँ छाडेका छन् । जाडो मौसम तथा हिउँ पर्ने समय सुरु भएसँगै जिल्लाको उत्तरी फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्सा र मिक्वाखोला गाउँपालिका–५ पापुङका बासिन्दाले चिसो छल्न गाउँ छोडेका हुन् । पुस महिनापछि मौसम बद्लिँदै गएको अर्थात बाक्लो हुस्सु र कुहिरो लागेको साथै तुसारो पर्न थालेपछि हिमाली बस्तीका बासिन्दाले गाउँबस्ती छोड्न सुरु गरेका हुन् ।

दिउँसाे घाम लाग्दा पनि अधिकतम तापक्रम घट्दा चिसो बढ्याे : माैसमविद्

काठमाण्डाै - दिउँसो घाम लागेपनि बिहान र बेलुकी पख चिसो छ । राती आकाश खुलेको तथा उत्तरपश्चिम हिमालबाट हावा आएकाले अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । यस्तै हिमालबाट बहेको हावा र न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घट्दा चिसो भएको उहाँले बताउनुभयो । बिह...