सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीमा स्थानीयवासी र प्रहरीबीच आज मङ्गलवार झडप भएको छ । स्थानीयवासी घुरन साहको घरमा अवैधरूपमा कपडा लुकाइछिपाइ राखेको समान बरामद गर्ने क्रममा झडप भएको प्रहरीको भनाइ छ । तस्करी गरेर ल्याइएको समान घरमा राखेको अवस्थामा खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि झडप भएको बुझिएको छ । झडपमा परेर प्रहरी र केही स्थानीयवासी घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । ...