काठमाडाैँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ। एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए। […]