नेपाल विद्युत् प्राधिकरणको आईपीओ जारी हुँदा शेअर बजारमा कस्तो असर पर्न सक्छ - BBC News नेपाली

नेपाल विद्युत् प्राधिकरणले केही महिनामा सर्वसाधारणका लागि शेअर ल्याउन लागेको चर्चासँगै पुँजीबजारमा छाएको तरङ्ग कस्तो छ?

सम्बन्धित सामग्री

धितोपत्र बजारमा भित्रिँदै विद्युत् प्राधिकरण

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरण धितोपत्र बजारमा आउने भएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरिरहेको अवस्थामा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रिमियममा आईपीओ जारी गर्ने घोषणा गरेको हो । कम्पनी आफै पनि सरकारसँग स्वीकृति लिएर सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको थियो । सरकारले बजेटमार्फत नै प्राधिकरणको आईपीओलाई प्राथमिकतामा राखेको छ । प्राधिकरणको पूँजीवृद्धिको स्वीकृति सरकारले दिनुपर्ने व्यवस्था ऐनमा छ । ऐनमा प्राधिकरणको शेयरपूँजी नेपाल सरकारले तोक्ने व्यवस्था छ । हाल प्राधिकरणको चुक्तापूँजी रू. १ खर्ब २ अर्ब ४४ करोड छ । विगतमा वार्षिक घाटा र सञ्चित नोक्सानीमा रहेको प्राधिकरण केही वर्षयता नाफामा गएसँगै आईपीओ निष्कासन गर्ने योजनामा पुगेको हो । आर्थिक वर्ष २०७२/७३ मा रू. ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । प्राधिकरणले उपलब्ध गराएको पछिल्लो वित्तीय तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा रू. १२ अर्ब १२ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्राधिकरणको नाफा रू. ६ अर्ब १८ करोड थियो । चालू आवको पहिलो ६ महीनामा सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी नाफा कमाउन प्राधिकरण सफल भएको छ । यस वर्ष विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् विक्रीमा वृद्धि र अन्य आय बढेकाले नाफा उत्साहजनक रहेको प्राधिकरणको भनाइ छ । सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम र ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासँगको विद्युत् खरीददर निजीक्षेत्रका अन्य आयोजनाको तुलनामा केही सस्तो भएकाले पनि यस वर्ष नाफा बढेको प्राधिकरणले बताएको छ । प्राधिकरणले चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी आगामी दिनमा रू. १५ अर्बभन्दा बढी नाफा गर्ने उद्देश्यका साथ काम गरिरहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले अहिले विश्व बैंक, एशियाली विकास बैक जस्ता बहुपक्षीय विकास साझेदार निकायबाट सरकारी जमानीमा ऋण लिँदै आएको छ । गत फागुनमा प्राधिकरणको क्रेडिट रेटिङ भएको थियो । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले प्राधिकरणलाई वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहेको संकेत गर्ने ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको थियो । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ऋण भुक्तानी जोखिम निकै कम हुन्छ । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको शाखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । क्रेटिड रेटिङले प्राधिकरणसँगको कारोबार सबै हिसाबले सुरक्षित रहेको संकेत दिएसँगै प्राधिकरणले आफ्नो संस्थागत जमानीमा सीधै ऋण लिन सक्ने बाटो खुला भएको छ । नेपाल विद्युत् प्राधिकरण जस्तो कम्पनी धितोपत्र बजारमा भित्रिँदा सकारात्मक प्रभाव पर्ने विश्वास लगानीकर्ताको छ । लगानीकर्ता नयन बास्तोलाले सरकारकै स्वामित्वमा सञ्चालित यस्ता कम्पनीले पनि बजारमा प्रवेश बढाए बजारप्रति लगानीकर्ताको विश्वास बढ्ने बताए । पूँजीबजारको विविधीकरणको विषय बजेटमै उल्लेख भइरहँदा फरक खालका कम्पनीको धितोपत्र सूचीकृतका लागि आवश्यक वातावारण बन्नुपर्ने माग उनको छ । धितोपत्र बजारमा हाल बैंक तथा वित्तीय संस्थाहरूको मात्र बाहुल्य रहेकोमा प्राधिकरणजस्ता सरकारी स्वामित्वका अन्य कम्पनी पनि भित्रिए बजारको सौन्दर्य बढ्ने विश्वास उनको छ ।

मध्यभोटेकोशी जलविद्युतले पायो आईपीओ निष्कासन गर्न अनुमति

वैशाख ७, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि उक्त रकम बराबरको १ करोड ५० लाख कित्ता आईपीओ विक्रीको लागि वैशाख ५ गते अनुमति दिएको हो ।  अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको रू. ६० करोड बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आईपीओ विक्री गर्नेछ भने दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  यसअघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ ।  कम्पनीले कर्मचारीहरुका लागि विक्री गरेको कुल कित्तामध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्था ( चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर ) का कर्मचारीहरुका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।  पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि विसं २०७५ साल कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म र दोस्रो चरणमा बाँकी संस्थाका कर्मचारीका लागि २०७५ साल मंसिर १९ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो । उक्त अवधिमा विक्री गरेको आईपीओ कम्पनीले विसं २०७५ साल पुस ४ गते बाँडफाँट गरेको हो ।  जारी पूँजी रू. ६ अर्ब रहेको उक्त कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो । अब कम्पनीले आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्नेछ ।  कर्मचारीमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुगेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । उक्त कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।