पुस ७, काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ ।
सभा विपिसि बिल्डिङ बुद्धनगरमा बिहान १० बजे शुरु हुने जानकारी गराएको छ । सभाले विद्युत् उत्पादन कम्पनी लिमिटेडको नियमावली २०७३ संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।