इलाम : अविरल वर्षासँगै आएको बाढीपहिरोले इलाममा ७ जनाको मृत्यु भएको भने ११ बेपत्ता भएका छन्। यसैगरी जिल्लाका विभिन्न सडकखण्ड क्षतिग्रस्त भएका छन्।इलामको फाकफोकथुम गाउँपालिका १ ठिङगेपुरमा २ जनाको मृत्यु भएको छ। पहिरो खसी नरबहादुर शेर्माको घर पुरिँदा घरभित्र रहेका ४ जना पुरिएकोमा स्थानीयले तत्काल बाहिर निकालेका थिए। नरबहादुर र उनका १८ वर्षीय छोरा खगेन्द्र शेर्माको उद्धार गरिएको छ। तीमध्ये २ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ३० वर्षीया बिना शेर्मा लावती र १४ वर्षीय आइतबहादुर राई छन्।फाकफोकथुमकै