कृषक तथा कृषि उद्यमीले कृषिमा वैदेशिक लगानी खुुला गर्ने विषयमा सरकारले सरोकारवालासँग आवश्यक छलफल नगरी निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् । एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट
(अनाज) र राष्ट्रिय कृषक समूह महासङ्घले मङ्गलबार आयोजना गरेको कृषिमा वैदेशिक लगानी ? विषयक बहस कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सरकारले विदेशी लगानीको विषयमा विज्ञ तथा सरोकारवालासँग छलफल नै नगरीकन लगानी खुला गरेकोप्रति आपत्ति जनाए ।