वार्षिक डेढ अर्ब बढी राजस्व उठाएको कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार नाकामा टायल्स र मार्बलका आयातमा रोक लगाईएपछि राजस्व संंकलनमा कमी आएको छ।...
पर्सा । वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ । कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छूटको नीति ल्याएपछि राजस्व संकलनमा सकारात्मक प्रभाव देखिएको हो । महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो सात महीनामा ३५ करोड ३३ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ दशमलव २६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो सात महीनामा महानगरपालिकाले २५ करोड ५५ लाख ८३ हजार राजस्व संकलन गरेको थियो । महानगरपालिकाको नवौं नगरसभाबाट उद्योग, व्यापार, अस्पताल तथा सामाजिक कार्यमा संलग्न संघसंस्थालाई सम्पत्ति करमा छूट दिने निर्णय गरेपछि यसमा पाँच प्रतिशत र घरबहाल कर शीर्षकमा १३ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले जानकारी दिए । उनका अनुसार सो अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड ५० लाख ९३ हजार रुपैयाँ र घर बहाल कर शीर्षकमा ४ करोड १४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । रासस
काठमाडौं । सरकारले चालू अर्थिक वर्षको पाँच महिनामा राजस्व अनुदान सहित विभिन्न शीर्षकमा ५ खर्ब भन्दा बढी संकलन गरेको छ । चालु वर्षको ५ महिनामा ५ खर्ब १ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १२ खर्ब ४० अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको ४० दशमलव […]
काठमाडौं । कोरोना महामारी केही कम भएसँगै सरकारको राजस्व संकलन सामान्य अवस्थामा फर्किएको छ । कोभिड संक्रमणको २ वर्षसम्म ऋणात्मक भएको राजस्व संकलन पछिल्लो समय लयमा फर्किएको सरकारी अधिकारीहरुको दावी छ । चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १० खर्ब […]
देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस...
बैतडी– मालपोत कार्यालय बैतडीको राजस्व संकलनमा वृद्धि भएको छ। कार्यालयले गत आर्थिक वर्षमा ८३ लाख ३६ हजार ११० राजस्व संकलन गरेको छ। ०७६/७७ मा ६१ लाख २६ हजार २ सय ७९ रुपैयाँ मात्र राजस्व संकलन भएकामा गत वर्ष २२ लाख नौ हजार ८ सय ३१ ले बढी संकलन भएको मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुख दिलाराम […]
काठमाडौं। नेपाल प्रहरीले गत आर्थिक वर्ष २०७७/७८मा कुल २अर्ब ९०करोड ९७लाख१३हजार९२३ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रहरीले संकलन गरेको सो रकम अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा ३३.६१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष प्रहरीले २अर्ब१७करोड७६लाख४२हजार३५४ रुपैयाँ राजस्व संकलन गरेको थियो। अवैध सुन–चाँदी बरामद, भिओआइपी, अवैधमुद्रा बरामद, अवैध सामान बरामद, काठ, अदालती फैसला र ट्राफिक कारवाहीबाट प्रहरीले राजस्व संकलन गरेको हो।
काठमाडौं । सरकारले ९ खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाका अनुसार बुधबारसम्ममा ९ खर्ब ५ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको हो । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, कोरोनासँगै भएको निषेधाज्ञाका कारण राजस्व संकलनमा कमी […]
कञ्चनपुर भन्सार कार्यालयमा लक्ष्य अनुसार राजस्व संकलन कमी भएको छ । बढ्दो कोरोना महामारीको प्रभावका कारण भन्सार कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलनमा कमी भएको हो । भन्सार कार्यालयका सूचना अधिकारी प्रमानन्द जोशीका अनुसार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्नका लागि अग्रसर भएको भएपनि कोरोना महामारीका कारण लक्ष्य अनुसार राजस्व संकलनमा कमी आएको छ ।“विगतका वर्षमा […]
काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०७७/७८को पहिलो ९ महिनामा ६ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। सो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १५.८ प्रतिशत बढी रहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थका अनुसार कूल राजस्वमा कर राजस्व ६ खर्ब ३६ अर्ब ७० करोड र गैरकर राजस्व ४७ अर्ब १७ करोड रहेको छ।