किराँत समुदायको मुख्य पर्व उधौली आज मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं । किराँत समुदायले आफ्नो मुख्य पर्वका रुपमा आज उधौली मनाउँदैछन् । खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने मंसिर शुल्क पूर्णिमाको यो दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । मंसिर शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउने किराँत समुदायले बाली […]

सम्बन्धित सामग्री

उधौली मनाउँदै किराँत समुदाय

प्रकृति पूजक किरात समुदायले नदी तथा खोलामा माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । भाषा, संस्कार तथा संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभर छरिएर रहेका किराँतहरू एकआपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउँछन् ।