काठमाडौं । नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ । कोभिड १९ को संक्रमण बढेसँगै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरु पनि कोभिड १९ संक्रमणको जोखिममा परेका छन् । भारतमा कोभिड १९ संक्रमणको दोश्रो लहर घलेसँगै कामको सिलसिलामा भारत गएका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । भारतबाट नेपाल फर्केका ६० प्रतिशत बढी नेपालीहरु संक्रमित पाइएको छ ।यस्तो अवस्थामा प्रवासी नेपालीको सीधा सम्पर्कमा आउने सशस्त्र प्रहरी बलसँगै त्यहाँ खटिने नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षा