देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय सम्मान, सुशासन र समृद्धिलाई सर्वाेपरि प्राथमिकतामा राखी ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा यस वर्ष विभिन्न महŒवपूर्ण काम भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदनमा यी कार्यहरू उल्लेख छन् । नेपालको संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका सम्बन्धमा भए गरेका काम तथा प्राप्त उपलब्धिसम्बन्धी धारा ५३ एवम् सुशासन
(व्यवस्थापन तथा सञ्चालन) ऐन–२०६४ को दफा ४१ बमोजिम तयार गर्नुपर्ने वार्षिक प्रतिवेदनमा नेपाल सरकारले गरेका प्रमुख कार्यको विवरण समावेश गरी राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सरकारले लोकतन्त्रका सबै आधारभूत विशेषतासहितको समाजवादउन्मुख लोकतन्त्रको अभ्यास तथा विकास हुँदै गएको र जनता नै राज्य शक्तिका स्रोत हुन् भन्ने मान्यता सही अर्थमा स्थापित भएको स्पष्ट गरेको छ । सरकारद्वारा संविधानप्रदत्त नागरिकका मौलिक हक एवम् सामाजिक न्याय