आज शनिवार बिहान सत्ता गठबन्धनको बैठक आज बस्दै छ । स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न ५ दलीय सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।यस अघि हिजो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीक अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो । हिजोको छलफलपछि आज गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनले स्थानीय तह निर्वाचन ऐन र संविधानको ब्यबस्था बाझिएको भन्दै ऐन संशोधन गरेर निर्वाचनलाई पछि धकेल्ने तयारी गरेको चर्चामा आएको थियो। तर सरकारलाई बैशाखमा नै चुनाव गर्न दबाब छ । नेपाल कांग्रेस भित्र नै ऐन संशोधन गरेर चुनाव सार्नु असंवैधानिक हुने भएकोले बैशाख मै चुनाव गर्न दबाब छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले पनि बैशाख मै स्थानीय तहको चुनाव हुनु पर्ने बताउदै आएको छ । निर्वाचन आयोगले बैशाख मै हुने गरि मिति तोक्न दबाब दिईरहेको छ । त्यस्तै राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच छलफल हुँदा पनि बैशाख मै चुनाव गराउन राष्ट्रपतिले आग्रह गरेकि थिईन् । यसरि चौतर्फी दबाबमा रहेको बेला बस्न लागेको सत्ता गठबन्धनको बैठकलाई महत्वका साथ हेरिएको छ ।