अर्थतन्त्र बढ्ने आशामा ८४ % जापानी कम्पनी

पुस २१, टोकियो (जापान) । यस वर्ष जापानी अर्थतन्त्रको आकार बढ्नेमा अधिकांश ठूला ठूला कम्पनीहरु आशावादी पाइएका छन् ।  कोरोना भाइरसको महामारी घट्ने अनि निजी खपतमा हुने वृद्धिले आर्थिक वृद्धिदरलाई टेवा दिनेमा ८४ प्रतिशत कम्पनीहरु आशावादी छन् । क्योदो न्यूजले हालै गरेको सर्वेक्षणले यस्तो देखाएको छ ।  महामारीबारे जापानी जनताहरुमा सतर्कता कायम रहेकोतर्फ औंल्याउँदै  सहभागीमध्ये १३ प्रतिशतले अर्थतन्त्र झिनो दरमा बढ्ने बताएका छन् ।  सर्वेक्षणमा सहभागी भएको मध्ये ८४ ओटा कम्पनीले यस वर्ष अर्थतन्त्र मध्यम दरमा बढ्ने बताएका छन् । अर्थतन्त्र तीव्र दरमा बढ्ने आशा व्यक्त गर्ने कम्पनीको संख्या ५ छ । सहभागी मध्ये कसैले पनि अर्थतन्त्रमा संकुचन आउने बताएका छैनन् ।  सर्वेक्षणमा सहभागीहरुसँग बहुउत्तर मागिएको थियो । यस क्रममा सहभागी मध्ये ९१ प्रतिशतले उपभोक्ता खर्चमा भएको वृद्धिलाई वृद्धिको कारक बताएका छन् ।  ४ प्रतिशतले महामारीले गर्दा उत्पन्न असामान्य अवस्था सामान्य बन्दै जाने र आर्थिक वृद्धिदरले टेवा पाउने अभिव्यक्ति दिएका छन् । पूँजीगत खर्च बढ्दा आर्थिक वृद्धिदरले टेवा पाउने आशा व्यक्त गर्नेको संख्या ३५ प्रतिशत छ । १९ प्रतिशतले भने जापानको मुख्य व्यापार साझेदार अमेरिकाको अर्थतन्त्रमा आएको पुनःबहालीलाई औंल्याएका छन् । समग्रमा अर्थतन्त्रको आकार बढ्छ भनेर प्रक्षेपण गर्ने कम्पनीको समग्र प्रतिशत ७४ प्रतिशत छ ।  आर्थिक वृद्धिदर स्थिर रहने बताउने १३ कम्पनीहरुले यसको मुख्य कारणमा सामाग्रीको बढ्दो लागत, उपभोक्ता खर्चमा भइरहेको सुस्त वृद्धि र कोभिड–१९ को संक्रमण बल्झिनु आदि बताएका छन् । सर्वेक्षणमा टोयोटा मोटर कर्पोरेशन र सफ्ट बैंक कर्पोरेशन, आना होल्डिङ्स, सेभेन एन्ड आई होल्डिङ्स र पानासोनिक कर्पोरेशनलगायत देशका १०६ओटा ठूला कम्पनीहरु समाविष्ट थिए । एजेन्सी  

सम्बन्धित सामग्री

बच्चाको डाइपर बनाउन छाड्दै जापानी कम्पनी

जापानमा जन्मदर घट्दै गएपछि जापानी कम्पनीले बच्चाका लागि डाइपर बनाउन छाडेका छन्। बरु कम्पनीहरूले वयस्क र वृद्धवृद्धाहरूको आवश्यकता पूरा गर्र्ने उत्पादनतर्फ ध्यान दिन थालेका छन्।

तोशिबा कम्पनीको शताब्दी पुरानो विरासत समाप्त

विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको जनाएको छ । सन् १८७५ मा स्थापना भएको तोशिबा कम्पनी १९ औँ शताब्दीमा जापानको आर्थिक पुनरुत्थान र प्राविधिक क्षेत्रमा नवप्रवर्तनको पर्याय बनेको थियो । सत्तरी वर्षसम्म सेयर बजारमा सूचीकृत …

‘दाइची सान्क्यो’ बन्यो कोरोनाबिरुद्धको खोप बनाउने पहिलो जापानी कम्पनी

सूचना प्रविधि र विशेषज्ञहरुको कुनै अभाव नभए पनि जापानले अहिलेसम्म कोरोना भाइरसबिरुद्धको विदेशी खोपको प्रयोग गदैआएकोमा अब भने स्वदेशी खोपले मान्यता पाएको छ । जापानको अग्रणी औषधि उत्पादक कम्पनी ‘दाइची सान्क्यो’ले निर्माण गरेको कोरोना बिरुद्धको खोप त्यहाँको स्वास्थ्य मन्त्रालयले प्रयोगको अनुमति दिएको छ । मन्त्रालयको विशेषज्ञ समितिले दाइची कम्पनीले उत्पादन गरेको कोरोना भाइरस बिरुद्धको खोपको …

चालीस प्रतिशत जापानी कम्पनी मौद्रिक सहजताको पक्षमा : सर्वेक्षण

करिब ४० प्रतिशत जापानी कम्पनीहरूले बैङ्क अफ जापान (बिओजे) ले आगामी वर्षको मौद्रिक नीतिलाई कम गरोस् भन्ने पक्षमा रहेको स्थानीय सञ्चारमाध्यमले आइतबार बताएका छन् । रिसर्च फर्म टेइकोकुले गरेको एक सर्वेक्षण अनुसार करिब एक हजार वैध उत्तरदाताहरूमध्ये ३९.६ प्रतिशतले विशाल मौद्रिक सहजता कार्यक्रमलाई स्केल गर्न माग गरेका थिए भने ३६.४ प्रतिशतले केन्द्रीय बैंकले अर्थव्यवस्थालाई समर्थन …

रोटोको सहयोगमा २० जनाले पाए आँखाको ज्योती

जापानी कम्पनी रोटोको सहयोगमा २० जनाले आँखाको ज्योती पाएका छन् । रोटोको मुख्य आँखा हेरचाहसम्बन्धी ब्राण्ड भी. रोटो आई ड्रप्सले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि लागि मोतिबिन्दुको सर्जरी गरेर २० जनाले ज्योती पाएका हुन् । डा. बेन लिम्बुलगायतले २० जना बिरामीको सर्जरी गरेका हुन् । रोटोले २० जना बिरामीलाई आँखाको उज्यालो दिन सकेकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन बताएको छ ।  ।राटोले १५० भन्दा बढी देशका उपभोक्ताहरूका लागि विभिन्न उत्पादनहरु उपलब्ध गराएर विश्व

अन्तरिक्षको फोहोरमा कटौति गर्न पहिलोपटक जापानले काठको स्याटलाइट बनाउँदै

बीबीसी । एउटा जापानी कम्पनी र कोयोतो युनिभर्सिटीले मिलेर विश्वकै पहिलो काठको स्याटलाइट बनाउने तयारी गरिरहेका

जापानले विश्वकै पहिलो काठको स्याटेलाइट बनाउँदै

बीबीसी । एउटा जापानी कम्पनी र कोयोतो युनिभर्सिटीले मिलेर विश्वकै पहिलो काठको स्याटेलाइट बनाउने तयारी गरिरहेका