नागढुंगा सुरुङमार्ग निर्माण : क्रसर बन्दमा रोकिएको कामबापत क्षतिपूर्ति माग्दै जापानी कम्पनी
अवैध क्रसर उद्योग बन्द गर्दा रोकिएको कामबापत नागढुंगा सुरुङमार्ग निर्माण गरिरहेकोे जापानी कम्पनी हाजमा एन्डो कर्पाेरेसनले नेपाल सरकारसँग क्षतिपूर्ति माग्ने भएको छ । यसका लागि निर्माण कम्पनीले सडक विभागमा प्रारम्भिक सूचना...
काठमाडौं। निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा सुरुङमार्ग आयोजनाको निर्माण पुन: शुरू भएको छ । सुरुङ खन्ने क्रममा जमीनमा खाडल परेको र घर चर्किएपछि प्रभावित स्थानीयवासीले निर्माण अवरुद्ध पारेका थिए ।
सुरुङमार्गको पूर्वी पोर्टल (काठमाडौंतर्फ)को ८३ मिटरमाथि खाडल परेको थियो । साथै ९ ओटा घर पनि चर्किएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खाडल परेको ठाउँको अनुसन्धान विज्ञबाट गराउने र चर्किएका घर अस्थायी स्थानान्तरण गर्ने निर्णय गरेपछि सुरुङमार्ग निर्माण पुन: अघि बढेको छ । यससँगै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सुरुङमार्ग निर्माण तीव्र बनाएर एक महीनाभित्र ‘ब्रेक थ्रु’ गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
मन्त्रालयले सुरुङमार्ग निर्माणका क्रममा भएका समस्या समाधान गर्न समिति पनि गठन गरेको छ । सडक विभागका वैदेशिक महाशाखाका प्रमुख विजय जैसीको नेतृत्वमा एक समिति गठन गरिएको जानकारी दिइएको छ । आयोजनामा निर्माण र स्थानीय बासिन्दालाई समस्या परेपछि मन्त्री ज्वालाले शनिवार सर्वपक्षीय बैठक बोलाएका थिए । पीडित पक्ष, त्यस क्षेत्रका संघीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको सहभागितामा निर्णय भएपछि आयोजनाको काम शुरू भएको हो ।
उक्त समितिले सुरुङमार्ग निर्माण स्थलमा कसरी खाडल पर्यो, कति घर चर्किए भन्ने जस्ता कारण पत्ता लगाउने र पीडितलाई स्थानान्तरणको व्यवस्थाका लागि काम गर्ने बताइएको छ । आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल समाधान गर्ने सूचनामा उल्लेख छ । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।
२०७६ कात्तिकमा शिलान्यास भएको यो सुरुङमार्गको उद्धार सुरुङमार्ग (रेस्क्यु टनेल) गत साउन तेस्रो साता ब्रेक थ्रु भएको थियो । मुख्य सुरुङमार्गको ब्रेक थु्र दशैंअघि नै गरिने भनिएको थियो । तर स्थानीयको अवरोधका कारण काममा भएको ढिलाइले दशैंअघि हुन सकेन । आयोजनाको मुख्य सुरुङमार्ग अब २०० मिटर खन्न बाँकी छ । कुल ५ दशमलव ७ किलोमिटरको नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउन नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच सन् २०१६ मा सम्झौता भएको थियो । जापान सरकारको सहुलियत ऋणमा बन्न लागेको यस सुरुङमार्गको कुल लागत २२ अर्ब रुपैयाँ छ ।
१३ चैत, काठमाडौं । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने नागढुंगा सुरुङमार्ग निर्माणको काम आधामात्रै सकिएको छ । कुल आयोजनामा अहिलेसम्म ५०.१५ प्रतिशत भौतिक निर्माणको काम सकिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । अहिलेसम्म आयोजनाको कुल बजेटमध्ये ५४.३९ प्रतिशत रकम खर्च भइसकेको छ । ४ कात्तिक २०७६ मा सुरुङमार्ग आयोजना निर्माण सुरु भएपनि मुआब्जासहित […]
नागढुंगा सुरुङमार्ग निर्माणको काम थप एक वर्ष धकेलिने भएको छ। सुरुङमार्गको निर्माण पहिलो पटक थप गरिएको समयसीमा भित्र सम्पन्न नहुने लगभग निश्चित जस्तै छ।
काठमाडौं : नागढुंगा–नौबिसे सुरुङमार्गमा स्थानीय बासिन्दाले आयोजनामा तोडफोड गरेका छन्। विभिन्न माग राखी गत सोमबारबाट नै स्थानीयले तोडफोड गरेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना आयोजनाका प्रमुख नरेशकुमार शाक्यले जानकारी दिए।शाक्यका अनुसार हालसम्म पनि काम सुचारु भएको छैन। ‘स्थानीयसँग सहमतिमा जाने छलफल गरिरहेका छौँ, सहमति भएपछि काम थाल्छौँ’, उनले भने।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिकमा नागढुंगा–नौबिसे सुरुङमार्गको शिलान्यास गरेका थिए तर हालसम्म का
काठमाडौं । कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै नागढुंगा–नौबिसे सिस्नेखोला सुरुङमार्ग सुरुङमार्ग निर्माण कार्यमा असर परेको छ । सुरुङमार्ग आयोजनामा कार्यरत १ सय २७ जनामा संक्रमण पुष्टि भएपछि केही दिनयता निर्माण कार्य सुस्ताउन पुगेको हो । कामदारमा कोरोना संक्रमण भएपछि कतिपय उनीहरू निर्माणस्थलमा नै ‘आइसोलेसन’मा बसेका छन् भने कतिपय आआफ्नो घरमा नै आइसोलेसनमा […]
The post कोरोनाले सुस्तायो नागढुंगा सुरुङमार्ग appeared first on राजधानी राष्ट्रिय दैनिक.
संसदीय समितिले स्थानीयबासीलाई विस्थापित नहुने गरी नागढुंगा सुरुङमार्ग निर्माणकार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद, राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको टोलीले आइतबार राष्ट्रिय गौैरवको आयोजनाको रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेपछि स्थानीयबासी विस्थापित नहुने गरी काम सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो । संसदीय समितिको अनुगमन टोलीलाई आयोजनाका […]
पछिल्लो समय नागढुंगा सुरुङमार्ग निर्माणमा अवरोध भएको चर्चा परिचर्चा भइरहेका छन् । स्थानीयको विरोधका कारण सुरुङमार्ग निर्माण बन्द रहेको कतिपय मुलधारका मिडिया रिपोर्टमा समेत उल्लेख गरिएको छ । के साँच्चिकै सुरुङमार्फत निर्माण अवरुद्ध बनेको हो त ? लोकान्तरको टोली स्थलगत रिर्पोटिङको लागि त्यस स्थानमा पुग्दा काम धमाधम भइरहेको थियो । यसबारे बुझ्दै जाँदा स्थानीयले केही विषयमा स्पष्ट पार्नका लागि माग गरेको तर काम अवरुद्ध नभएको पाइयो ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गोपी सुर्खेतीले भने, ‘स्थानीयले सुरुङमार्गको काम ...