दसैंमा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट वितरण गर्ने

दसैं पर्वलाई लक्षित गरी यस वर्ष बैंक तथा वित्तीय संघ संस्थाहरुले नयाँ नोट वितरण गर्ने भएका छन् । यसपाली समयमै नयाँ नोट स्टक राखेको कारण दसैंको अवसरमा पोखराबाट पनि नयाँ नोट वितरण गरिने नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वर भट्टराईले बताए । “यस वर्ष हामी यस क्षेत्रका उपभोक्तालाई पर्व लक्षित गरी नयाँ नोट वितरण गर्नेछौं” उनले भने, “केन्द्रको निर्देशन अनुसार अबको केही दिनबाटै नयाँ नोट वितरण हुने छ ।” गत वर्ष कोरोनाको कारण समयमै नयाँ नोट छाप्न नसकेर स्टक नहुँदा सुकिला नोट वितरण ग...

सम्बन्धित सामग्री

नयाँ नोट भदौ २९ देखि

दसैंका लागि राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

साढे ७ अर्बका नयाँ नोट साटिए, यो दसैंमा १६ अर्बसम्म नयाँ नोट बजारमा जाने आकलन

यो वर्षको दसैं तिहारका लागि बुधबारसम्म राष्ट्र बैंकले करिब ७ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट वितरण गरेको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, नेपाली सेना, प्रहरी र सर्वसाधारण गरी उक्त रकम बराबरको नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ ।