बाँके जिल्लाको जानकी गाउँपालिका-३ इन्द्रपुरका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । जानकी गाउँपालिका ३ इन्द्रपुरस्थित बसिर अलीका ९ वर्षीया छोरा अर्थान अलीको घर नजिकै रहेको पोखरीमा माछा मार्न जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापा : माछा पालनको पोखरीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ निवासी ४० वर्षीय माइकल सोरोने रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सोरोने अर्जुनधारा नगरपालिकाका मेयर हरि रानामगरको घरमा काम गर्थें। सोरोने सोमबार बिहान ५:४५ बजेको समयमा मेयरको घरनजिकै रहेको माछा पोखरीमा माछा मार्न गएका थिए। माछा मार्ने क्रममा पोखरीमा डुबेर उनी बेपत्ता भएका थिए।
बेपत्ता भएका उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेश कुमार पाण्डेको नेतृत्वमा २० सशस्त्र प्र...