सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ । सिन्धुली घर भई बर्दिबास–४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राति सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन् ।श्रेष्ठ बर्दिबास–४ स्थित माइस्थान पब्लिक स्कुलको संस्थापक प्रधानाध्यापक रहेका थिए । करिब मध्यराततिर सर्पले डसेको थाहा पाउनासाथ परिवारजनले बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पुर्याएका थिए ।