काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।कोभिड १९ को संक्रमण दोश्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नका लागि कम्पनीमा धाउनु पर्ने बाध्यताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्टले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हो ।