लघुवित्त संस्थाहरूमा धितो कर्जा बढ्दै

काठमाडौं । बैंक, वित्तीय संस्थाको पहुँचबाट टाढा रहेका विपन्न वर्गलाई समूह बनाएर वित्तीय सेवा दिनुपर्ने लघुवित्त वित्तीय संस्थाहरू धितो लिएर कर्जा प्रवाह गर्न आकर्षित भएका छन् । पछिल्लो समय लघुवित्तहरूबीचको अस्वस्थ प्रतिस्पर्धा र कर्जा असुलीमा समेत समस्या हुन थालेपछि लगानी सुरक्षित गर्न धितो कर्जामा जोड दिएका हुन् ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा लघुवित्त संस्थाहरूले प्रवाह गरेको कुल कर्जामध्ये १९ दशमलव ७९ प्रतिशत धितो लिएर मात्र दिएका छन् । अघिल्लो आवको पुससम्ममा यस्तो कर्जा १९ दशमलव १९ प्रतिशत कर्जा मात्र धितोमा आधारित थियो । एक आवमा नै यस्तो कर्जा शून्य दशमलव ६० प्रतिशत विन्दुले वृद्धि भएको छ ।  विगत ५ वर्षको तथ्यांक विश्लेषण गर्दा लघुवित्तहरू विनाधितो सामूहिक जमानी छोडेर धितो कर्जातर्फ आकर्षित भएको देखिन्छ । तर, लघुवित्त क्षेत्रका जानकारहरू भने यो लघुवित्तको सिद्धान्त र मर्मविपरीत रहेको बताउँछन् ।  स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले धितो नभएका विपन्न वर्गकै लागि लघुवित्त सेवा शुरू गरिएकाले धितोमा ऋण दिनु गलत भएको बताए । ‘लघुवित्तको काम नै धितो नभएका वर्गलाई ऋण दिनु हो’ उनले भने, ‘धितोमा प्रवाह हुने ऋण बढ्दै जानु लघुवित्तको एउटा विकृति हो ।’ राष्ट्र बैंकले लघुवित्त संस्थाहरूले दिने ऋण सीमा बढाएर प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म दिन पाउने व्यवस्था गरेपछि विकृति बढेको उनको भनाइ थियो ।  राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल पनि लघुवित्तको मर्म नै विनाधितो ऋण रहेको बताउँछन् । लघुवित्तहरूले सामूहिक जमानीमा विनाधितो ऋण लगानी गरेर विपन्न वर्गहरूलाई माथि उकास्न काम गर्नुपर्ने उनले बताए । विगतमा केही विकृति देखिएको स्वीकार गर्दै त्यसलाई सुधारेर लघुवित्तलाई अघि बढाउन केन्द्रीय बैंकले काम गरिरहेको उनले दाबी गरे ।  लघुवित्तले शोषण गरेको भन्दै सर्वसाधारण आन्दोलनमा उत्रिएपछि राष्ट्र बैंकले गतवर्ष फागुनमा निर्देशन जारी गरी कर्जाको सीमा घटाएर ७ लाखमा झार्नुका साथै एउटा मात्र संस्थाबाट ऋण लिन पाउने र लघुवित्तबाट ऋण लिएकाहरूले बैंक, वित्तीय संस्थाबाट लिन नपाउने व्यवस्था गरेको छ । त्यसभन्दा अघि लघुवित्तहरूले विनाधितो ७ लाखसम्म र धितोमा १५ लाख रुपैयाँसम्म कर्जा दिन पाउने व्यवस्था थियो । यसैगरी लघुवित्तको समस्याबारे अध्ययन गरी त्यसको सुझावअनुसार सुधार थालिएको राष्ट्र बैंकका अधिकारीहरूको दाबी छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० पुससम्ममा लघुवित्तले ६० हजार सर्वसाधारणलाई सदस्य बनाएर वित्तीय सेवा दिँदै आएका छन् । त्यसमध्ये २७ लाख ३६ हजार सदस्यलाई ३ खर्ब ८५ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । २०८० पुससम्ममा खुद्रा कर्जाप्रदायक लघुवित्त संस्थाहरूको औसत खराब कर्जा ७ दशमलव ४९ प्रतिशत पुगेको छ । यसअघि २०७९ पुसमा लघुवित्तहरूको खराब कर्जा ४ दशमलव ६८ प्रतिशत थियो । नेपालमा बैंक, वित्तीय संस्थाको पहुँचमा पुग्न नसक्ने गरीब तथा विपन्न वर्गलाई वित्तीय सेवा पुर्‍याउन नेपालमा लघुवित्त कार्यक्रम शुरू गरिएको हो । लक्षित वर्गको समूह बनाएर सामूहिक जमानीमा ऋण लगानी गर्ने लघुवित्तहरू पछिल्लो समय नाफामुखी बनेको र बैंकिङ मोडेलमा सञ्चालन हुन थालेको भन्दै आलोचना भइरहेको छ ।   

सम्बन्धित सामग्री

ठूला लगानीकर्ताले बढाए सेयर धितो कर्जा, ७ महिनामै ११.६ प्रतिशत बढ्यो

२८ फागुन, काठमाडौं । ठूला सेयर लगानीकर्ताले सेयर धितो कर्जा बढाएका छन् । सेयर धितोमा जाने कर्जा ७ महिनामा ११.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म मार्जिन प्रकृतिको (सेयर धितो) कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ । जबकि गत असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड […]

बढ्न लाग्यो मार्जिन प्रकृतिको सेयर धितो कर्जा

२७ कात्तिक, काठमाडौं ।  मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढ्न लागेको छ । मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब १७ करोड २६ लाख रुपैयाँले घटेको थियो । २०७९ असार मसान्तमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा आउँदा ५.२ प्रतिशतले घटेर ७६ अर्ब ३० करोड […]

बिना धितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकले प्रदान गर्दै आएको बिना धितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रवार महासंघको पदाधिकारीहरुको टाेलीले प्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई मन्त्रालयमा भेटेर बैंकले

माैद्रिक नीति : शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर गरेको छ । आज शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम शेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताउनुभयो । उहाँले यसअघि शेयर धितो राखी एउटा संस्थाबाट चार करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताउनुभयो । मौद्रिक नीतिले श...

शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताउनुभयो । उहाँले यसअघि शेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण […]

शेयर धितो कर्जा साढे ६ अर्बले घट्दा साना लगानीकर्तामा जाने ऋण १७ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको मौद्रिक नीतिले कडाइ गरेपछि शेयर धितो कर्जा ६ महिनामा नै साढे ६ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार असार मसान्तको तुलनामा शेयर धितो कर्जा ६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँले घटेको छ । असार मसान्तसम्ममा बैैंक तथा वित्तीय संस्थाहरूले शेयर धितोमा गरेको ऋण लगानी १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ थियो । मार्जिन प्रकृतिको यस्तो ऋण पुस मसान्तमा आइपुग्दा ६.२ प्रतिशतले घटेर ९९ अर्ब ७० करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकको नीतिअनुसार शे...

राष्ट्र बैंकको कडाइले शेयर धितो कर्जा घट्यो

काठमाडौं, माघ ७ । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरालो लागेपछि बैंकहरूको कर्जा प्रवाह घट्न थालेको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट शेयर धितो कर्जामा पहिलोपटक प्रतिग्राहक […]

राष्ट्र बैंकले कडाइ गरेपछि शेयर धितो कर्जा घट्यो

बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरालो लागेपछि बैंकहरूको कर्जा प्रवाह घट्न थालेको हो ।राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव)को मौद्रिक नीतिबाट शेयर धितो कर्जामा पहिलोपटक प्रतिग्राहक ऋणमा सीमा निर्धारण गरेको थियो । यसैगरी दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीहरूको मूल्य घटेको छ । यस कारण बैंकहरूले शेयर धितो कर्जा घटाउँदै लगेक

सेयर धितो कर्जा कि मार्जिन लोन ?

अल्पकालीन लगानीकर्तालाई ‘मार्जिन कर्जा’ सहितको मार्जिन कारोबार र दीर्घकालीन लगानीका लागि ‘सेयर धितो कर्जा’ उपयुक्त विकल्प हुन सक्छ । निरन्तर उक्लँदै ३२०० पुगेको धितोपत्र बजार परिसूचक बिस्तारै २८०० तिर ओर्लिनुमा मार्जिन लोन (मार्जिन कर्जा) को मुख्य कारक रहेको तर्क गरिँदैछ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८-०७९ को मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको ‘सेयर धितो कर्जा’मा सीमा […]

सर्तसहित थप शेयर धितो कर्जा लिन पाइने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सर्तसहित शेयर धितो कर्जा १२ करोड रुपैयाँ भन्दा माथि पनि लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले सोमबार साँझ जारी गरेको सूचना अनुसार उद्यमी व्यवसायीले उद्योग व्यवसायका लागि अन्य धितोसँगै शेयरसमेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइने व्यवस्था गरिएको जनाएको हो । बैंक तथा वित्तीय संस्थाले […]