सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली महिला दिदीबहीनीमा सुख, शान्ति समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।“नेपाली समाजमा रहेका सबै खाले विभेद एवं हिंसाको अन्त्य र समतामुलक समाज निर्माणका लागि परिवर्तनकारी आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको उच्च प्रशंसा छ”, सन