प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार बनेको ६ महिना पुगेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । कांग्रेस सभापति देउवा पछिल्लो पटक गत असार २९ गते प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उहाँको सचिवालयले जनाएको छ …