बर्कसायर हाथवेको रिपोर्टमा १५ सुरक्षित गन्तव्यमध्ये पहिलोमा क्यानडा छ भने बाँकी युरोपेली देश छन्
सन् २०१६ देखि निरन्तर पर्यटक शोध गर्दै आएको बर्कसायरले सुरक्षित गन्तव्य देशबाहेक हिंस्रक अपराधमुक्त, आतंककारीबाट सुरक्षित, यातायात सुरक्षा,...
सन् २०२४ को मनसुन प्रारम्भ भएपश्चात् जुलाई १७ सम्ममा ज्यान नै लिने खालका ३८ वटा घातक पहिरो गएका र १३५ जनाको मृत्यु भयो । कतिपय पूर्वाधार र कृषि तथा पशुजन्य उत्पादनमा क्षति पुगेको छ । यो वर्षको मनसुन अक्टोबरको सुरुवातसम्म रहने भनिएको हुँदा अझ पनि पहिरो जाने र त्यसबाट प्रभावित हुने सम्भावना बाँकी नै छ । जोखिमयुक्त स्थानमा भारी वर्षा हुनासाथ मानिसहरू आफू बसोबास गरेको स्थानबाट सुरक्षित र फराकिलो स्थानमा शरण लिन जानुपर्ने बाध्यता छ ।
काठमाडौँ- सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गतको एसिया क्षेत्रको अन्तिम चरणको छनोटका खेलहरू नेपालमा जारी छ ।
नेपालमा जारी छनोटको फाइनलमा प्रवेश गर्ने दुई टोलीले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।
टी-ट्वान्टी विश्वकप...
हाम्रो साझा भविष्य तब मात्रै सुरक्षित छ, जब हामीले पृथ्वीसँगको सम्बन्धमा रूपान्तरणकारी परिवर्तन ल्याउँछौँ । यो साता न्युयोर्कमा भइरहेको राष्ट्रसंघीय महासभामा सन् २०२४ का समिट ‘अफ द फ्युचर’को योजना बनाउन मन्त्रीस्तरीय...
गएको पौष महिनाको उत्तराद्र्धतिरको कुरा हो । माघ ७ गतेको माघी पूर्णिमामा गंगा स्नान, विश्वनाथ दर्शन गर्ने र निकै बखान हुने गरेको “मोदीले आफ्नो निर्वाचन क्षेत्र वनारसमा निकै विकास गरेका छन्, संघीयदेखि प्रदेशसम्मको सरकारले प्रधानमन्त्री मोदीका लागि आगामी सन् २०२४ मा हुने लोकसभा सदस्यको निर्वाचन क्षेत्र सुरक्षित राख्न भरमग्दूर गरिरहेको जुन सुनिएको थियो, त्यो सबै …
काठमाडौँ- सन् २०२४ मा बंगलादेशमा हुने आईसीसी महिला टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि ८ टिम स्वतः छनोट भएका छन् । आईसीसीले मंगलबार आगामी वर्ष हुने विश्वकपका लागि ८ टिमले स्वतः स्थान सुरक्षित गरेको जनाएको छ ।
दक्षिण अफ्रिकामा आइतबार सम्पन्न टी-ट्वान्टी विश्वकपका शीर्ष ६ टिमहरु अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, इंग्ल्यान्ड, ...
काठमाडौँ- सन् २०२४ मा बंगलादेशमा हुने आईसीसी महिला टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि ८ टिम स्वतः छनोट भएका छन् । आईसीसीले मंगलबार आगामी वर्ष हुने विश्वकपका लागि ८ टिमले स्वतः स्थान सुरक्षित गरेको जनाएको छ ।
दक्षिण अफ्रिकामा आइतबार सम्पन्न टी-ट्वान्टी विश्वकपका शीर्ष ६ टिमहरु अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, इंग्ल्यान्ड, ...
डोनाल्ड ट्रम्पले यही महिना सन् २०२४ को राष्ट्रपतिको चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गर्न लागेको कयौँ मिडियाहरूले लेखेका छन् । बिहीबार राति आयोवामा आयोजित एक र्यालीमा बोल्दै ट्रम्पले आफू राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएको बताएका थिए । ‘हाम्रो देशलाई सफल र सुरक्षित तथा गौरवशाली बनाउनको लागि, म पुन उठ्दैछु ,’ उनले समर्थकहरूलाई भने ,‘ तयार रहनुहोस् । अहिलेलाई मैले यति मात्र भने ।’बिहीबार एक्सियोस, सीएनएन र न्यु योर्क टाइम्सले अज्ञात स्रोतहरूलाई उद्धृत
वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो भावी योजनाबारे अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण संकेत चुहाएका छन् । उनले आफूले फेरि ह्वाइट हाउसका लागि प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् ।
ट्रम्पले आइओबामा आफ्ना समर्थकहरूको भिडलाई आफूले सन् २०२४ मा फेरि राष्ट्रपतिय चुनाव लड्ने धेरै सम्भावना रहेको बताएका छन् ।
आगामी साता हुने मद्यावधि चुनावका लागि रिपब्लिकन उमेदवारहरूको...
सन् २०२० मा विश्व पर्यटन उद्योगमा ४ दशमलव ७ ट्रिलियन अमेरिकी डलर बराबरको व्यापार नोक्सानी भएको र पर्यटन क्षेत्रबाट विश्वको कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान ५० प्रतिशतले कटौती भएको अनुमान छ । सन् २०२० को विश्वभरका पर्यटक आगमनको संख्या र कारोबार करीब ४० वर्षअगाडि अर्थात् सन् १९८० को दशकको अवस्थामा फर्किएको देखिन्छ । विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले सन् २०२० विश्व पर्यटनको इतिहासमा सवैभन्दा खराब वर्षको भएको बताएको छ । विश्व पर्यटन संगठन संयुक्त राष्ट्रसंघ मातहतको निकाय हो जसले जिम्मेवार, दिगो र विश्वव्यापी रूपमा पहुँचयोग्य पर्यटनको प्रवर्द्धनका लागि काम गरिरहेको छ । यस संगठनले विश्वव्यापी रूपमा दिगो विकास र गरीबी निवारणका लागि दिगो पर्यटन नीतिसहित विश्वभरका १ सयभन्दा बढी मुलुकहरूमा प्राविधिक सहायताका माध्यमबाट पर्यटन विकासका लागि महत्त्वपूर्ण कामहरू गरिरहेको छ । मूलतः कोभिड–१९ को महामारी विश्वभर फैलिएपछि त्यसको नियन्त्रणका लागि यात्रामा प्रतिबन्ध लागेसँगै विश्व पर्यटन बजार अधोगतितर्फ लागेको थियो । उक्त संगठनले महामारीमाथि पूर्णरूपमा नियन्त्रण कायम गर्न सफल भएमा सन् २०२४ देखि मात्र विश्वपर्यटन कोभिड–१९ पूर्वको नियमित अवस्थामा फर्कन सक्ने प्रक्षेपण गरेको छ ।
सन् २०२० मा विश्वभर पर्यटक आगमनको संख्या र कारोबार आँकडामा करीब ७५ प्रतिशतले ह्रास आएको थियो । अनुपातका आधारमा यो ह्रास सम्भवतः द्वितीय विश्वयुद्धयताको सबैभन्दा खराब हो ।
सन् २०२० मा विश्वभर पर्यटक आगमनको संख्या र कारोबार आँकडामा करीब ७५ प्रतिशतले ह्रास आएको थियो । अनुपातका आधारमा यो ह्रास सम्भवतः द्वितीय विश्वयुद्धयताको सबैभन्दा खराब हो । पछिल्लोपटक सन् २००८ को आर्थिक मन्दीताका करीब ४ प्रतिशतको गिरावट आएको थियो । सन् २०२१ भित्र नै विश्व पर्यटन पूर्ववत् रूपमा फर्कन खोज्ने अपेक्षाविपरीत कोरोना महामारीको संकटका कारण विभिन्न भूभागहरूमा यात्राको प्रतिबन्ध कायमै छ । ट्राभल्स, एयरलाइन्स र होटेलहरू मूलतः महामारी फैलिरहेको क्षेत्रमा सबैभन्दा बढी आर्थिक संकटमा परेका छन् भने कुल उत्पादनमा पर्यटनको अंश विकासशील मुलुकहरूमा अति खराब स्थितिमा पुगेको देखिन्छ । पर्यटनमा आएको उल्लेख्य ह्रासले रोजगारीमा परोक्ष असर गरेको छ भने आर्थिक वितरणमा असामानता चुलिँदै जान थालेको छ ।
आर्थिक रूपमा कोरोना महामारीबाट सबैभन्दा ठूलो नोक्सानी बेहोर्ने क्षेत्र पर्यटन नै हो । अबको दिनमा सबै सरोकारपक्षको पहिलो चासो यो क्षेत्रलाई पुनर्जीवित गर्नु हो । महामारीको छोटो समयमा नै अन्य क्षेत्रहरूमा अत्याधुनिक प्रविधि र प्लेटफर्महरू तयार भई आफ्नो वर्चस्व पुनर्जीवित भइसकेका छन् । पर्यटन क्षेत्रले त्यो क्षमता राख्दैन जसका कारण कोभिड–१९ नै चुनौती बनेको छ । तसर्थ महामारीको नियन्त्रणपश्चात् छिटो पुनर्जीवित गर्न ठोस रणनीतिहरूसहित त्यसको कार्यान्वयनको स्पष्ट मार्गचित्र आउनुपर्ने हुन्छ । नेपालजस्ता अल्पविकसित मुलुकहरूले यो समयलाई पर्यटनको पुनरुत्थानका लागि कार्ययोजनासहितका संरचनागत सुधारहरू गर्नेजस्ता आन्तरिक गृहकार्य गर्नेगरी उपयोग गर्न सक्छ । साथै, पर्यटनको पुनर्जीवनका लागि अहिलेदेखि नै कूटनीतिक क्षमतालाई सुदृढ र विस्तार गर्ने किसिमले प्राथमिकताका साथ कामहरू शुरू गर्न आवश्यक छ ।
नेपालजस्ता अल्पविकसित मुलुकहरूले कोभिड–१९ को असरमा केन्द्रित भई पछिल्लो समयको पर्यटनको अवस्था र यस क्षेत्रमा परेको असरसँगै त्यसको न्यूनीकरणका लागि क्षेत्रीय रूपमा साझा रणनीतिहरू तयार गर्न सक्छन् । पछिल्लो समय भारतबाट उत्परिवर्तित कोभिडको नयाँ भेरिएन्टले दक्षिण एशियालाई नराम्रोसँग प्रभावित गरेको छ । भारतसँग सिमाना जोडिएका मुलुकहरू श्रीलंका, बंगलादेश र म्यान्मार, नेपालजस्ता मुलुकहरूमा यसको वृद्धिदर उच्च देखिएको छ । दक्षिण एशियाको कमजोर स्वास्थ्य प्रणाली र अर्थव्यवस्थाका कारण लाखौं परिवार गरीबीको चपेटा पुगेका छन् । दक्षिण एशियाका मुलुकहरू महामारीलाई नियन्त्रण गर्न र अर्थतन्त्र सुधार गर्न बाहिरी विश्वको सहयोग खोजिरहेका छन् । बंगलादेश, नेपाल र म्यानमार सरकारहरूले खोप आपूर्तिका लागि कूटनीतिक पहल गर्नु आवश्यक छ । विभिन्न क्षेत्रीय संगठनहरूमा आबद्ध यी मुलुकले कोभिड–१९ को प्रतिरोध र पर्यटनको पुनरुत्थानका लागि साझा कार्यक्रमहरू तयार गरी लागू गर्न आवश्यक छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बिमस्टेक वा अन्य बहुपक्षीय साझेदारीका फोरमहरूलाई उपयोग गरी साझा रणनीति र कार्यक्रमहरू तयार गर्न सकिन्छ ।
कोभिड–१९ को महामारीपश्चात् गुणस्तरीय पर्यटन विकासका लागि सबै मुलुकको पहिलो शर्त नै स्वास्थ्य सुरक्षाको प्रत्याभूति हो । तसर्थ नेपालजस्ता अल्पविकसित मुलुकहरूले आफ्ना सबै नागरिकलाई कोभिड भ्याक्सिनसहित कोभिड प्रतिरोधी क्षमता सुनिश्चित गराउन सक्नुपर्छ । पूर्णरूपमा भ्याक्सिन लगाइसकेको क्षेत्र कोभिड–१९ बाट सुरक्षित क्षेत्रका रूपमा परिचित हुने निश्चित छ । साथै, कोभिडको महामारीपश्चात् भ्याक्सिन–भिसा वा भ्याक्सिन पासपोर्टको अवधारणा भित्रिएको छ । यसका अतिरिक्त विश्वभरका सबै गन्तव्य स्थलहरूमा न्यूनतम स्वास्थ्य सेवाको प्रत्याभूति, अस्पतालहरूको गुणस्तर र क्षमता विस्तार एवं संकटका अवस्थालाई तीव्र व्यवस्थापन गर्ने संयन्त्रको विकासमा ध्यान दिनु आवश्यक देखिन्छ । त्यसपछि दोस्रो प्राथमिकतामा मात्र गन्तव्य स्थल वा पर्यटकीय उपजहरूको विविधीकरण, लाभको समन्यायिक वितरण हुने अवस्थाको सृजना, प्रचारप्रसार र प्रवर्द्धनको कार्यक्रमहरू पर्छन् । स्वास्थ्य सुरक्षाको प्रत्याभूतिविना पर्यटन पूर्वाधारको विकास, बजारीकरण, गन्तव्य वा उपजको पहिचानजस्ता कार्यक्रमले आउँदा दिनमा पर्यटनलाई राहत वा दिगो टेवा दिन सकिँदैन ।
कोभिडको लहरपछि विश्वभरका धेरै पर्यटन व्यवसायीहरू विस्थापित भइसकेका छन् । मुनाफाका लागि उनीहरूले आफ्नो पेशा वा व्यवसायलाई वैकल्पिक क्षेत्रमा रूपान्तरण गरिसकेका छन् । व्यवसायीको अतिरिक्त पर्यटन क्षेत्रबाट ठूलो संख्यामा मजदूरहरू समेत अलग्गिन पुगेका छन् । होटल ट्राभल्स एवं हस्पिटालिटी क्षेत्रमा काम गर्ने लाखाैं कर्मचारीहरू नयाँ अवसरको खोजीमा जान बाध्य छन् । तसर्थ कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्रको संकट व्यवस्थापनको सिलसिलामा यो क्षेत्रमा संलग्नहरू व्यवसायीहरूलाई हतोत्साही हुनबाट रोक्नु पर्यटनको पुनरुत्थानका लागि मुख्य ध्येय हुनुपर्छ । त्यसका लागि निरन्तर प्रयास र कार्ययोजनासहित सरकारहरूको प्रतिबद्धता हुनु आवश्यक छ । अहिलेको प्रभावकारी निर्णय नै यो क्षेत्रको पुनरुत्थानका लागि दूरगामी महŒव वा असर पर्ने खालको हुनसक्छ ।
तसर्थ पर्यटन क्षेत्रका लागि नयाँ सोच, दृष्टिकोण र उद्देश्य लिएर अगाडि बढ्नुपर्ने देखिन्छ । विश्वभरका प्रमुख गन्तव्य शहरहरू, महŒवपूर्ण स्थलहरू र सम्पदाहरूलाई प्रतिस्पर्धी बनाउन आवश्यक पूर्वाधार विकासका कार्यहरू गर्न आवश्यक छ । स्वास्थ्य संकट नियन्त्रण उन्मुख भएपछि पर्यटकीय सेवा वा सुविधाका संयन्त्रहरू तयारी अवस्थामा रहने हो भने सम्भावित पर्यटक लक्षित कार्यक्रमहरूसहित पर्यटन क्षेत्रका गतिविधिहरूलाई पूर्ववत् रूपमा सञ्चालन गर्न सक्ने देखिन्छ । तसर्थ यो समयलाई विकल्पहरूको छनोट, गन्तव्यहरूको पहिचान र निर्धारण गर्ने प्रयोजनले उपलब्धिपूर्ण बनाउन आवश्यक छ ।
पर्यटकीय पूर्वाधारको विकासअन्तर्गत प्रमुख पर्यटकीय स्थलहरूमा सुविधासम्पन्न यातायातको पहुँच, विश्रामस्थलहरू, चमेना गृहहरू, शौचालयहरू, पोर्टर सेल्टरहरू, पर्यटक सूचना केन्द्र, सुरक्षा सेवाका संरचनाहरू आदिको निर्माण हो । पर्यटनको विकासमा सरकारले सहजीकरण गरेर निजीक्षेत्रलाई समेत प्रोत्साहन गर्न र पर्यटन पूर्वाधार विकासमा प्रदेश तथा स्थानीय तह एवं उपभोक्तालाई समेत सुसूचित गराउन आवश्यक छ ।
प्राकृतिक एवं सांस्कृतिक पर्यटनसँगै खेल, शिक्षा, कृषि, कूटनीति, व्यापारलगायत विषयलाई पनि पर्यटनसँग जोडेर एकीकृत अवधारणामा जान सकिन्छ । पर्यटन क्षेत्रको पुनरुत्थानका कार्यक्रमहरू कार्यान्वयनका लागि विश्वभरका कोभिड–१९ बाट अतिप्रभावित मुलुकहरूले बहुपक्षीय साझेदार प्रणालीमार्फत साझा रणनीति तथा कार्यक्रमहरू प्रस्ताव गर्न आवश्यक छ ।
लेखक आर्थिक विकास तथा अध्ययन केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।