महानवमीमा नवदुर्गा भवानीको पूजाअर्चना [तस्वीरहरू]

काठमाडौं । नवरात्रिअन्तर्गत महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवमी अर्थात् नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ। नवमीका दिन पशुपन्छी बलि दिने प्रचलन छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुला गरिने तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन महानवमीको दिन मात्र खुला हुन्छ । असन, भेडासिं, बसन्तपुर बजारमा बलिका लागि कुखुरा, हाँस, कालिज पनि विक्री गर्न राखिएको छ । कोहीले भाकल पूरा गर्न जटा नरिवल पनि फुटाउँछन् । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । महानवमीका दिन सर्वसाधारणहरूले आ–आफ्ना सवारीसाधनको पूजा पनि गरिएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर- बडादसैँको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर जानुभई नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।  राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल नाइके सूर्यमान वनमाला, मूल पुजारी रमेश...

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर- बडादसैँको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर जानुभई नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।  राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल नाइके सूर्यमान वनमाला, मूल पुजारी रमेश...

उपराष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर- बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुन भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेका छन् । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्दै आए पनि राष्ट्रपति विद्यादेवी भण्डारी बिरामी भएर अस्पताल भर्ना भएपछि उनको अनुपस्थितिमा उपराष्ट्रपति पुन आज नवदुर्गा भवानीको मन्दिरमा सरिक भएका हुन् । […]

बडादसैँमा पुजिने नवदुर्गा

बडादसैँ हामी हिन्दूहरूको महान् पर्व हो । असत्यमाथि सत्यको विजयका रूपमा यस पर्वलाई लिइन्छ । यो पर्व मातृशक्तिको पूजन हुने एकमात्र प्रमुख पर्व हो । हामी मातृशक्तिका रूपमा महाकाली, महालक्ष्मी र महासरस्वतीलाई लिन्छौँ । विजयादशमी शक्ति उपासनाको महान् पर्व हो । यस पर्वलाई नवरात्र पनि भनिन्छ । यस नवरात्रमा विभिन्न नवदुर्गाको पूजाअर्चना गरिन्छ । यस […]

राष्ट्रपति भण्डारीद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर – बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भइ नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्नुभएको हो । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकी इन्दिरा वनमाला र नाइके बिज्रेश बनमालाले नवदुर्गाको पूजा एवम् दर्शन गराउनुभएको थियो । राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवम् टीका प्रसाद, फूलमाला, विमिरो र...

कोजाग्रत पूर्णिमामा राष्ट्रपतिद्वारा नवदुर्गा मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं । विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना साथै टीकाप्रसाद ग्रहण गरेकी छन् । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुख सो मन्दिरमा गएर पूजाअर्चना गर्ने चलन छ । राष्ट्रपतिलाई नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो […]

राष्ट्रपति भण्डारीद्वारा भक्तपुरमा पूजाअर्चना (फोटो फिचर)

काठमाडौं : वडा दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुर पुगेर नवदुर्गा द्योछें देवता घर पुगेर नवदुर्गा भवानीको दर्शन गरेकी छन्।प्रत्येक वर्ष राष्ट्र प्रमुखको हैसियतमा वडा दसैंको अन्तिम दिन नवदुर्गा भवानीको दर्शन तथा पूजाआजा गर्ने परम्पराअनुसार राष्ट्रपति भण्डारी नवदुर्गा भवानीको दर्शन गर्न पुगेकी हुन्। राष्ट्रपति भन्दा अगाडि राष्ट्र प्रमुखका हैसियतले यहाँ राजा सवारी हुने परम्परा थियो।मन्दिर पुगेकी राष्ट्रपतिलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादक

राष्ट्रपति भण्डारीद्वारा नवदुर्गाको प्रसाद ग्रहण

भक्तपुर : बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छिन्। सो अवसरमा राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद,

राष्ट्रपतिद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गाको पूजाअर्चना

भक्तपुर । बडादसौं अन्तिम दिनको जाग्रत पूर्णिमाका अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेकी छन् ।    राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले बुधबार अपराह्न ४ बजे ...