नबिल बैंकका ८ नयाँ शाखा उद्घाटन

नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मूलपानी, सुरुङा, भगवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो ।उपत्यका भित्रका शाखाहरूमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखाको उद्घाटन गरे । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायव प्रमुख कार्य

सम्बन्धित सामग्री

नबिल बैंकको शाखा विस्तार

काठमाडौं– नबिल बैंक लिमिटेडको २६६औं शाखा मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरेका […]

मोरङमा नबिल बैंकको २६६औँ शाखा - NepaliPatra

काठमाडौँ। नबिल बैंक लिमिटेडले मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउमा आफ्नो २६६औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नयाँ शाखाको उद्घाटन गरेको हो। शाखाको उद्घाटनमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला प्रमुख अतिथिका रूपमा रहेका थिए। नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले शाखाको उद्घाटन गरेका थिए। कार्यक्रममा अथितिहरू पूर्वाञ्चल […]

नबिल बैंकले शुलभ शैक्षिक कर्जा दिने

नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरेको हो । शाखा उद्द्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा रिबन काटी गरेका थिए । निर्देशक पौड्यालले परामर्श हबका रुपमा परिचित पुतलीसडकमा नबिलको शिक्षा हबले विद्यार्थी, अभिभावक तथा […]

३८ औ वार्षिकोत्सवको पुर्वसन्ध्यामा नबिलले गर्यो एकिकृत कारोबारको सुरुवात

नबिल बैंक लिमिटेड  र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार शुरु भएको छ । नबिल बैंकको ३८ औ  वार्षिकोत्सवको  पुर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथी मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरि एकिकृत कारोबार थालनी भएको घोषणा गरिएको हो ।दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो । कार्यक्रममा बोल्दै मुख्य सचिव बैरागीले पुरानो मध्यको एक नेपाल बंगलादेश बैंकको प्राप्ति पछि नबिल बैंक अझ ठुलो भएको  र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास जनाए ।  अझ बलियो, सँगै अघि भन्ने नारा सहित गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले प्राप्ति पछि नबिलले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्वमा टेवा पुर्याउने बताए । “बैंक ठूलो भए सँगै  बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिएका छौ,” उनले थपे  ।  देश विकासमा बैंकिंग संस्थाहरुको अग्रणी भूमिका हुने बताउदै उनले भने, “यस बैंकले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याउने लक्ष्य सहित  नबिल दिगो बैंकींगको सुरुवात गरेको छ र अझ सशक्त रुपमा अघि बढ्नेछ ।” पर्यावरण र दिगो विकासको मापदण्डलाइ पछ्याउदै बैंकले त्यहि अनुसार नीति तथा रणनीति लिने उनले जानकारी दिए । “क” वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था भएको छ । “नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दै बैंक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिबृद्धि गर्न कदम चालेका हौं,” बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले बताए । उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै बिस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए । “हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्ता लगायतका सरोकारवालाहरुको हित संरक्षण गर्ने; देशव्यापी शाखाहरुको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्ने ; पूँजीगत आधार सुदृढ गरीे सम्भावित वित्तीय जोखिम तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भुमिका खेल्ने नीती लिनेछौं । साथसाथै सबै सुचकांकहरुमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ आज बाट एकिकृत कारोबार शुरु गरेका छौं,” उनले थपे ।बैंकका अनुसार प्राप्ति पछि  बैंकको चुक्ता पुंजी २२ अर्ब ८३ करोड, कुल पुंजी ५६ अर्ब २ करोड, कुल निक्षेप ३ खर्ब २८ अर्ब तथा कुल कर्जा ३ खर्ब ८ अर्ब पुगेको छ । त्यस्तै गरि देशभरिको शाखा विस्तार भई २६७ शाखा सञ्जालहरु र २७४ एटिएम मेसिनहरुबाट सेवा प्रदान गर्नेछ ।

नबिल बैंकको शाखा मालेपाटनमा

नबिल बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नंम्वर ५ स्थित मालेपाटनमा आइतबारदेखि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शाखाको पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले उद्घाटन गरे। उद्घाटनपछि नेपालीले बैंक...

नबिल बैंकका थप चार शाखा विस्तार

काठमाडौं (अस) । नबिल बैंकले आइतबार एकै दिन जरंखु, शंखमूल, ठैब र गोंगबु जालपामा गरी काठमाडौं उपत्यकामा एकै दिन चार शाखा विस्तार गरेको छ ।  नबिल बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रूपमा जरंखु शाखा, बैंक सञ्चालक मलय मुखर्जी र काठमाडौं महानगर– १० शंखमूलका कार्यवाहक वडाध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रूपमा शंखमूल शाखा उद्घाटन गरे । यस्तै, बैंक सञ्चालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रूपमा ठैब शाखा तथा बैंक सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रूपमा गोंगबु जालपा शाखा उद्घान गरेको बैंकले बताएको छ । बैंकले उपत्यकामा विस्तार गरिएका चार वटै शाखाबाट ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने जनाएको छ ।