काभ्रे जिल्लाको विकट डाँडापारिका बासिन्दा सामान्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य विकासका अत्यावश्यक पूर्वाधारका रूपमा लिइन्छ ।यस क्षेत्रका नागरिक भने अहिले पनि सिटामोल पाउन कै लागि घण्टौँ पैदल हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यतामा रहेका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–१ को सुकुम, झिङ्गे, लामीडाँडा तेर्साबाटा, कलङसिङका बासिन्दा साधारण औषधि सिटामोल पाउनका लागि