ङादी ग्रुपको एक करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेबाट आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल एक करोड ६ लाख तीन हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । यो हकप्रदमा आज बैंकिङसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । लगानीकर्ताले मेरो सेयरबाट अनलाइन आवेदन दिन पाउनेछन् । धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा

सम्बन्धित सामग्री

भूकम्पपीडितलाई आईएमई ग्रुपको डेढ करोड

आईएमई समूहले भूकम्प प्रभावितलाई एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भूकम्पपीडितलाई आइएमई ग्रुपको एक करोड पचास लाख

काठमाडौँ। ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्दित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत भूकम्पपीडितका लागि एक करोड ५० लाख नगद सहयोग प्रदान गरिने भएको छ । जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त […]

मस्टा ग्रुपको क्रेडिट रेटिंग सम्पन्न

मस्टा ग्रुपले बैंकिङ् कारोबारलाई व्यवस्थित गर्न तथा राष्ट्र बैंकले जारी गरेको निर्देशन अन्तर्गत रहेर इन्फोमेरिक्स क्रेडिट रेटिंगम नेपाल लिमिटेडबाट १ अर्ब २७ करोड ५६ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाको लागि रेटिंग पाएको छ । संस्थाले अल्पकालीन कर्जाको लागि आइआरएन ए फोर रेटिंग पाएको छ भने दीर्घकालीन कर्जाको लागि आइजाराएन डबल वि रेटिंग पाएको हो । छोटो समयमा नै नेपालको खाद्यान्न आयात तथा विक्रि वितरणमा अग्रणी संस्थाको रुपमा  सफल भएको संस्थाले जनाएको छ  । देशभर आफ्नो व्यापार

५ अर्ब ५३ करोड ठगीको जाहेरी

सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी आउने क्रम बढ्दै गएको छ । गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा सोमबारसम्म आइपुग्दा १४ सय ४१ जनाले ठगिएको भन्दै जाहेरी दिएका छन् ।तीन वर्ष अघिदेखि रकम फिर्ता नपाएको भन्दै सिभिल ग्रुपको ठगीका विषयमा जाहेरी पर्न थालेपछि सीआईबीले सो संस्थाका सञ्चालकसहितका कर्मचारीलाई पक्राउ गरेको थियो । हाल १२ जना पूर्वकर्मचारी र हाल कार्यरत कर्मचारी सीआई

राजस्वमा चौधरी ग्रुपको १.७३ प्रतिशत योगदान

चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारको राजस्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ ।नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो । पछिल्लो वर्ष सरकारको कुल राजस्वमा चौधरी ग्रुपको योगदान १.७३ प्रतिशत रहेको छ । एउटा व्यापारिक समुहबाट सरकारको […]

कोभिडविरुद्ध लड्न जावलाखेल ग्रुपको दुई करोड सहयोग

काठमाडौं। जवलाखेल ग्रुप अफ इण्डष्ट्रिजले दुई करोड रुपैयाँ बराबरको स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ। ग्रुपले कोरोनाको दोस्रो लहरविरुद्ध लड्न सरकार र समुदायलाई उक्त सहयोग गरेको हो। ग्रुपले अक्सिजन प्लान्ट र आईसयू विस्तार गर्न धुलिखेल अस्पताललाई एक करोड र प्रदेशका सामुदायिक समूहका लागि ७५ लाख रुपैयाँ सहयोग गरेको छ।

कोभिडविरुद्ध लड्न जावलाखेल ग्रुपको दुई करोड सहयोग

काठमाडौं। जवलाखेल ग्रुप अफ इण्डष्ट्रिजले दुई करोड रुपैयाँ बराबरको स्वास्थ्यसामाग्री हस्तान्तरण गरेको छ। ग्रुपले कोरोनाको दोस्रो लहरविरुद्ध लड्न सरकार र समुदायलाई उक्त सहयोग गरेको हो। ग्रुपले अक्सिजन प्लान्ट र आईसयू विस्तार गर्न धुलिखेल अस्पताललाई एक करोड र प्रदेशका सामुदायिक समूहका लागि ७५ लाख रुपैयाँ सहयोग गरेको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गोल्छा ग्रुपको १ करोड सहयोग

काठमाडौं (अस) । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई थप प्रभावकारी बनाउन १ करोड रुपैयाँ सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई १ करोड सहयोग हस्तान्तरण गरे । कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमार्फत कोरोनासँग जुध्न महत्वपूर्ण काम गरेर थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको थियो । अहिलेको दोस्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने उद्देश्यले गोल्छा गु्रपले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । गोल्छा ग्रुपद्वारा प्रदान गरिएको सहयोग रकम अक्सिजन व्यवस्थापन गर्न, उपकरण अभाव पूर्ति गर्न, स्वास्थ्यकर्मीद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडको संख्या बढाउनेजस्ता काममा उपयोग गरिने अस्पतालले बताएको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोल्छाले कोरोना महामारीका कारण विषम देश परिस्थितिबाट गुज्रिरहेकाले नागरिकको स्वास्थ्यमा केही भए पनि सहयोग पु¥याउने उद्देश्यले अस्पताललाई सहयोग गरिएको बताए । ग्रुपले यसअघिको बन्दाबन्दीका बेला पनि सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेसनबाट अनुदान प्राप्त १० हजार पीसीआर फर्टिट्युड किट चार्टर्ड गरिएको जहाजमार्फत ल्याएर सरकारलाई हस्तान्तरण गरेका थियो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गोंगलले विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन सहयोग गरेकामा गोल्छा ग्रुपप्रति आभार प्रकट गरे । यो सहयोगले फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गोल्छा ग्रुपको १ करोड सहयोग

काठमाडौं । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई १ करोड सहयोग हस्तान्तरण गरेका हुन् ।कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो । अस्पतालले सध