काठमाडौं : केही दिनदेखि देशका अधिकांश भूभाग विशेषगरी मध्य तथा पश्चिमी भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम बढेको छ। काठमाडौं उपत्यकालगायत देशका अन्य स्थानमा पनि तापक्रम बढेको छ।देशका मध्य तथा पश्चिम तराईका भूभागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ।बाग
विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । विभागका अनुासर बुधबार काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ ।मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ । मङ्गलबार काठमाडौंको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा बुधबार न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरको न्यूनतम तापक्रम ती
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ। पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ।...
काठमाडौँ- मध्य मनसुनका बेला नेपालमा तापक्रममा उच्च वृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । केही दिनयता काठमाडौँ उपत्यकामा पानी पर्न छाडेको छ । पूरा आकाश खुल्दा गर्मी अत्यधिक बढेको छ । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौँको तापक्रम […]
काठमाडौँ– विगत केही दिनयता देशभर अत्यधिक गर्मी बढेको छ। गर्मीका कारण देशभरको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक सातामा देशैभर अत्यधिक गर्मी बढेको हो। महाशाखाकी मौसमविद् गंगा नगरकोटीले अझै एक–दुई दिन गर्मी कम नहुने बताइन्। अहिले मनसुनको समय भए पनि मनसुनी बादल आउन नसक्दा गर्मी बढेको उनको भनाइ छ। मौसमविद् नगरकोटीले […]
खानेपानी मन्त्री उमाकान्त चौधरीले आज हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गरेका छन् । वर्षाको समय सुरु हुन लागेको र विगतमा झैँ खानेपानीको संरचनामा क्षति नहोस् भनेर यसका लागि आफु विज्ञ, कर्मचारीसहित अनुगमनमा आएको मन्त्री चौधरीले बताए ।मौसम पूर्वानुमान महाशाखा, विज्ञ, कर्मचारीको सल्लाहअनुसार जुनसुकै बेला मेलम्चीको सुरुङको पानी खोलामै पठाइ गेट बन्द गरिने उनको भनाइ छ । गेट नम्बर ३९, ९, १८ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने र यो भारतबाट केही दिनमै नेपाल
तर, यस वर्ष भने समय अझै बाँकी छँदा नै शतप्रतिशत वर्षा भएको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष हिउँदमा अघिल्लो वर्षको तुलनामा चार सय प्रतिशतले बढी वर्षा भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । राजधानी …
काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर रहेकाले तत्काल भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । तर आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौँ उपत्यकामा […]