भूतपूर्व ब्रिटिस गोर्खा मुद्दामा बेलायत र नेपाल सरकार (जिटुजी) तथा गोर्खा प्रतिनिधिबीच बहुप्रतिक्षित त्रिपक्षीय वार्ता सुरु भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार बिहान करिब एक घण्टा चलेको पहिलो चरणको वार्ता सकारात्मक रहेको भूतपूर्व गोर्खाहरुले जनाएका छन् । प्रारम्भिक चरणको वार्ता भएकाले यसले ठोस निर्णय गरेन ।