शहरी विकासमन्त्री प्रभुु साहले जनताको अपेक्षा र चाहनानुसार विकासलाई गति दिइने बताएका छन्। शहरी विकासमन्त्रीको जिम्मेवारी लिएपछि पहिलो पटक गृह जिल्ला आएका उनले गरुडामा आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला भेलालाई सम्बोधन गर्दै केही नेताले जिल्लाको कायापलट गर्ने आफ्नो इच्छालाई अवरोध गरेको जनाए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गर्नु अग्रगमन नै भएको तर्क राखे ।
जिल्ला भेलामा नेकपा प्रदेश नं २ का इञ्चार्ज सत्यनारायण मण्डल, सचिव सुमन प्याकुर...