काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गभर्नरलाई निलम्बन गरिएको बताउनुभएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनमा विरोध गर्दै उहाँले अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दा खोज्दै निलम्बनमा परेको टिप्पणी समेत गर्नुभयो ।
आज काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्मातर्फ लक्षित गरी ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ भएको बताउनुभयो ।
कार्यक्रममा ओलीले भन्नुभयो,‘सरकारले गभर्नरलाई कारबाही गर्यो ...