रौतहट : डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी मुख्य गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन्। सेवा सुविधा बापत पाउनुपर्ने करिब ६० लाख रुपैयाँ सम्बन्धित खातामा जम्मा नभएको भन्दै कर्मचारी आन्दोलित भएका हुन्।१८ महिना देखिको सञ्चय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै आन्दोलनमा उत्रिएको कर्मचारीले बताए ।जुनियर वन प्राविधिक संघ रौतहटका अध्यक्ष विजयलाल दत्तले कर्मचारीको पाउनुपर्ने सुविधाको रकमका विषयमा पटक—पटक आवाज उठाउँदा समेत सुनवाइ न