इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइड राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३ः ४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्लीलाई पहिलो जित निकाल्ने मौका छ ।लिगमा तीन खेल खेलेको दिल्लीले एक खेलमा मात्र जित निकालेको छ । यता कोलकाता पनि आजको खेलमा जित निकाल्दै आफूलाई तालिकाको शीर्ष स्थानमा बलियो बनाउने योजनामा छ । कोलकाता लिगमा ४ खेल खेलेर ६ अंक जोड्दै तालिका