सुर्खेतमा ग्यास प्लान्ट बन्ने

सुर्खेतको भेरीगंगा नगरपालिका १० मा ग्याँस प्लान्ट बन्ने भएको छ । वषौँदेखि बाँके र कैलालीलगायतका जिल्लाबाट खाना पकाउने एलपी ग्यास आयात हुँदै आएकोमा पहिलो पटक प्लान्टसहितको ग्यास उद्योग बन्ने भएको हो । वर्षा ग्यास उद्योगको बुधबार शिलान्यास गरिएको छ ।

सम्बन्धित सामग्री

चार ग्यास उद्योग थपिने

३८ करोड लगानीमा थप चार एलपी ग्यास उद्योग स्थापना हुने भएको छ । चारवटै ग्यास उद्योगले एक वर्षभित्रमा आफ्ना उत्पादन बजारमा ल्याउने तयारी गरेका छन् । चौधरी समूहको प्रमुख स्वामित्व रहेको नेपाल ल्यूब आयल लिमिटेडले बारामा एनएन ग्यास उद्योग स्थापना गर्न लागेको छ । त्यसैगरी, धादिङमा श्रीराम ग्यास उद्योग तथा नवलपरासीमा जानकी ग्यास उद्योग स्थापना हुन लागेका छन् । झापामा कन्काई ग्यास उद्योग स्थापनाको चरणमा छ । बाराको डुमरबानामा स्थापना हुने एनएन ग्यासको पुँजी ३० करोड र वार्षिक ग्यास रिफिलिङ क्षमता १५ हजार मेट्रिक टन हुनेछ । उद्योगले ग्यासको प्लान्ट खरिद गर्न डेढ महिनाअघि नै प्रतीतपत्र (एलसी) खोलिसकेकोमा केही साताभित्रै ग्यासको प्लान्ट आइपुग्ने उद्योगले जानकारी दिएको छ । ‘असोजतिर ग्यास रिफिलिङ तथा वितरण सुरु गर्छौं,’ नेपाल ल्युबका वरिष्ठ अधिकृत श्रीकृष्ण महर्जनले बताए । अन्य दुई ग्यास उद्योगहरू श्रीराम र जानकी भने कोशी ग्यासका सञ्चालक अजयकुमार नेपाल तथा विजयहरि शर्मासहितका लगानीकर्ताले स्थापना गर्न लागेका हुन् । श्रीराम ग्यास उद्योग धादिङको भूमेस्थानमा स्थापना हुनेछ । उद्योगमा जग्गाको मूल्यबाहेक रू. १० करोडको लागत हुने कोशी ग्यासका वित्त विभाग सहायक सञ्जित शर्माले बताए । उद्योग स्थापनाको सरकारी प्रक्रिया सकिएकाले साउनबाट यसको काम तीव्र बन्ने उनले बताए ।  वर्ष ५, अंक ४४, २०६७, असार २१– २७

रुपन्देहीमा लिक्विड अक्सिजन प्लान्ट शिलान्यास

३० जेठ, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा लिक्विड अक्सिजन प्लान्ट बन्ने भएको छ । परासी–भैरहवा सडक खण्ड अन्तर्गत धकधईस्थित शंकर ग्यास उद्योगले एक अर्ब रुपैयाँ लगानीमा लिक्विड अक्सिजन प्लान्ट स्थापना गरेको हो । उक्त प्लान्टले दैनिक …