रुकुमपश्चिममा कोरोना संक्रमण बढेपछि रुकुमपूर्व भित्रिने नाका बन्द

रुकुमपूर्व : रुकुमपश्चिममा कोरोना संक्रमित बिरामीको संख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ। रुकुमपश्चिममा कर्मचारी र प्रहरीसहित आइतवार एकै दिन १८ जनामा कोरोना पुष्टि भएपछि रुकुमपूर्वमा पनि संक्रमणको जोखिम बढेको भन्दै सीमानाका बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज राति १२

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं।अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। पश्चिम सेती र सेती–६ जलविद्युतबाट सरकारले एक खर्ब ६७ अर्ब रोयल्टी र कर पाउनेछ। इन्धनको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा उजुरी परेको छ। कोरोना संक्रमण बढेपछि चीनले नाका बन्द गर्दा अर्बौं रुपैयाँका सामान केरुङमै रोकिए । सूर्य नेपालले एक वर्षमै साढे ९ अर्ब खुद नाफा कमायो ।

महेशपुर नाकामा ‘हेल्थ डेस्क’ स्थापना

कोरोना संक्रमण बढेपछि पश्चिम नवलपरासीको भारतीय सीमा नाका महेशपुरमा ‘हेल्थ डेस्क’स्थापना गरिएको छ ।

होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

कपिलवस्तु । भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किनेको संख्या पुनः बढेको छ । कपिलवस्तुको कृष्णनगर नाका हँुदै नेपाल प्रवेश गर्नेको संख्या दोब्बरले वृद्धि भएको हो । नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण सुरु भएको छ । कोरोनाको दोस्रो लहरमा भारतसँग जोडिएको सीमा क्षेत्रमा निर्माण सुरु भएको होल्डिङ सेन्टर अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् ।      यात्रुलाई लक्षित गर्दै निर्माण गरिएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाद्वारा निर्माण भएको उक्त होल्डिङ सेन्टरमा कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट प्रवेश गर्नेलाई सुरक्षित राखिने बताइएको छ । कृष्णनगर नगरपालिका–१ शिवा नगरमा रहेको ४०० शय्याको होल्डिङ सेन्टर पुसभित्र सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ ।      भन्सार नाका नजिकै ६०० शय्या क्षमताको होल्डिङ सेन्टरको काम तीव्र गतिमा भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । ‘एउटा निर्माणको काम पूरा भएको छ, अर्को होल्डिङ सेन्टर छिटो निर्माणका लागि तोकेता गरेका छौं’, पाण्डेले भने, ‘पहिला निर्माणको काम पूरा गरौं । अहिले भर्खरै सञ्चालन गर्ने अवस्था छैन ।’      गत असार ३ गतेदेखि सुरु गरिएको निर्माण पाँच महिनाभित्र सम्पन्न गर्ने भनिए पनि बर्खाका कारणले केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । अबको केही दिनमै काम सम्पन्न भएपछि उक्त स्थानबाट सेवा सञ्चालन गर्ने सकिने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप साहले बताए । उक्त होल्डिङ सेन्टर निर्माणका लागि २७ करोड ६७ लाख ८२ हजार ५३५ मा हनुमान कन्स्ट्रक्सन ललितपुरले जिम्मा लिएको छ ।      सञ्चालनमा अन्योल      होल्डिङ सेन्टर निर्माण पूरा भए पनि सञ्चालनमा अन्योल देखिएको छ । अहिलेसम्म सरकारले सेन्टर सञ्चालनका लागि कसैलाई जिम्मा नदिँदा अन्योल देखिएको हो । होल्डिङ सेन्टर सञ्चालनका लागि अहिलेसम्म केन्द्रबाट कुनै पनि निर्णय नआएको प्रजिअ पाण्डेको भनाइ छ । होल्डिङ सेन्टर निर्माण गरिएको छ । यसलाई व्यवस्थापन कुन निकायले गर्ने भन्ने विषयमा निर्णय भएको छैन’, पाण्डेले भने, ‘सीमा क्षेत्रमा रहेको चुनौतीका बीच सञ्चालन गर्नुपर्ने हुन्छ । रासस

अमेरिकाले खोल्यो २० महिनापछि नाका

काठमाडौं : अमेरिकाले २० महिनापछि कोरोना विरुद्धको दुबै डोज खोप लगाएका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न खुल्ला गरेको छ।अमेरिकामा कोरोना संक्रमण  बढेपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए।  यो प्रतिबन्धले बेलायत र युरोपेली देशहरुसहित झण्डै ३० वटा मुलुकका गैर अमेरिकी नागरिकहरु प्रभावित भएका थिए।लामो समयपछि सीमा नाका खुलेकाले पर्यटकको बाढी लाग्ने भन्दै ट्राभल एजेन्सी र एयर लायन्सहरुले खुसियाली मनाएका छन्। पूर्ण खोप लगाएकाहरुलाई प्र

सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले सिमानाका खुल्ला गर्ने निर्णय ग-यो । मन्त्री परिषदको गत मंगलवार वसेको बैठकले सबै सिमानाका खुल्ला गर्ने निर्णय गरेको हो । तर निर्णय गरेको विहीवार ती दिन वितिसक्दा पनि भारतसंग जोडिएको […] The post सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भारतबाट भित्रियो नेपालमा अक्सिजन ग्यास

जेठ ७, वीरगञ्ज । दोस्रो चरणको कोरोना संक्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरुले भारतबाट वीरगञ्जको बाटो गरी ठूलो सानो गरी पाँच ओटा बुलेट नेपाल भित्र्याएका छन् ।            काठमाडौंको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्र्याएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । अक्सिजन ग्यास उद्योगीले भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट ल्याएका हुन् ।उद्योगले लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ । उद्योगसँग दुई ओटा मात्रै लिक्विड अक्सिजन बोक्ने बुलेट छ । लिक्विड अक्सिजनको ट्याङ्कर उपत्यकामा ट्रमा सेन्टर र टेकु अस्पतालमा मात्रै रहेको छ । बुलेटमा ल्याइएको अक्सिजन ट्याङ्कमा खन्याउने गरिन्छ । वीरगञ्ज नाकाबाट यही जेठ १ गतेदेखि लिक्विड अक्सिजनसहितको बुलेट आएको बताइएको छ ।            वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीका अनुसार रक्सौल–वीरगञ्ज नाका भएर हालसम्म एउटा सानो र चार ओटा ठूलो बुलेट नेपाल भित्रिएका छन् । तीन लटमा आएको अक्सिजन ग्यास पहिलो लटमा ११ हजार ५५० एमटिक्यू, दोस्रोमा ४ हजार ८७४ एमटिक्यू र तेस्रोमा १२ हजार ५७४ एमटिक्यू आएको बताइएको छ ।            एक घनमिटरको मूल्य भारु १६ दरमा अक्सिजन खरीद गरी नेपाल ल्याइएको अधिकारीले जानकारी दिए। कोरोना संक्रमण बढ्दै गएको र बिरामीलाई अक्सिजनको अभाव हुन थालेपछि सङ्घीय सरकारले हाल अक्सिजन बुलेट आयातमा भन्सार शुल्क शून्य बनाएको छ ।            भारतबाट नेपाल भित्रिंदा एउटा बुलेटमा प्रवेश शुल्क ५६५ रुपैयाँ लाग्ने गर्छ । नेपाल–भारत दुवै देशका अधिकारीले सहमति दिएपछि उद्योगीहरुले अक्सिजन ग्यासको बुलेट नेपालमा ल्याउन शुरु गरेको भन्सार कार्यालयका अधिकारीहरुले बताएका छन् । हाल नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएर बिरामीहरु अक्सिजनको अभावमा मर्न थालेपछि यसलाई रोक्न तथा अक्सिजनको अभाव नहोस् भनेर उद्योगीहरुले भारतबाट अक्सिजन ग्यास ल्याउने गरेका हुन् ।             पर्सा जिल्लामा रहेका तीन ओटा अक्सिजन उद्योगले आफैं ग्यास प्लान्टबाट अक्सिजन उत्पादन गरी वितरण गर्दै आएका छन् । यी उद्योगले पनि भारतबाट तयारी लिक्विड अक्सिजन ल्याएर सिलिन्डरमा भर्ने हो भने यस भेगमा अक्सिजनको अभाव नहुने विज्ञहरु बताउँछन् । रासस

चार महिनापछि तातोपानी नाका सञ्चालनमा

चीनसँग व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका बन्द भएको साढे तीन महिनापछि बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। बर्षाको बाढीपहिरोसँगै नेपालमा कोरोना संक्रमण बढेपछि असार तेस्रो सातादेखि नाका बन्द रहँदै आएको थियो।