परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गर्नुभएको छ । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उहाँले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपाल पर्यटनका अधिक सम्भावना रहेको देश भएकाले यहाँका सम्भावना र गौतमबुद्धको जन्मस्थल …

गौतमबुद्ध विमानस्थलमा हवाई रूटको अन्योल कायमै

काठमाडौं, जेठ २ । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आज देखि औपचारिक रूपमा सञ्चालन हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट सोमवार बिहान उद्घाटन हुने उक्त विमानस्थलमा कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजले पहिलो व्यावसायिक उडान गर्नेछ । नेपालमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागे पनि विमान प्रवेश बिन्दु (हवाई रूट) को अन्योल भने कायमै छ । […]

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : आजबाट सञ्चालनमा, हवाई रूटको अन्योल कायमै

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सोमवार (आज) देखि औपचारिक रूपमा सञ्चालन हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट सोमवार बिहान उद्घाटन हुने उक्त विमानस्थलमा कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजले पहिलो व्यावसायिक उडान गर्नेछ । नेपालमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागे पनि विमान प्रवेश बिन्दु (हवाई रूट) को अन्योल भने कायमै छ । नेपालले अन्तरराष्ट्रियस्तरका थप विमानस्थल बनाउन थालेयता पश्चिमतर्फको हवाई रूट उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । नेपाल र भारतका सम्बद्ध अधिकारीबीच झन्डै ४ वर्षअघि जहाज प्रवेश विन्दुको विषयलाई सम्बोधन गर्ने सहमति भएको थियो । सन् २०१८ जुन दोस्रो साता नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डिया (एएआई)का प्राविधिकले उक्त सहमतिमा हस्ताक्षर गरेका थिए । तर, त्यो सहमति कार्यान्वयनमा भारतले आनाकानी गरिरहेको छ, जसले गर्दा गौतम बुद्ध विमानस्थलमा आउने जहाजले पनि सिमरा रूट नै प्रयोग गर्नुपर्नेछ । नेपालले पश्चिमको नेपालगञ्ज, महेन्द्रनगर र भैरहवा हुँदै नेपाल प्रवेश गर्न मिल्ने रूट भारतसँग मागिरहेको छ । सरकारका पूर्वसचिव सुशील घिमिरे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आउने जहाज पूर्वबाट प्रवेश गर्न समस्या नभए पनि पश्चिमबाट प्रवेश गर्न नपाउने बताउँछन् । भारतले पश्चिमतर्फको रूट नदिँदा कतारको दोहा, दुबई, साउदी, कुवेतलगायत पश्चिमतिरबाट आउने जहाज वीरगञ्ज (सिमरा) बाट प्रवेश गरेर भैरहवा जानुपर्ने भन्दै घिमिरेले थपे, ‘यसले गर्दा समय र इन्धन बढी खर्च हुन्छ भने सिमरा विन्दुमा हवाई चाप बढ्छ ।’ भारतले नयाँ प्रवेश रूटमा सहमति नदिँदा गौतम बुद्धमा अवतरण गर्ने विमानहरू सिमरा रूट भएर आउनुपर्छ । सिमरा पुगेर फर्किंदा थप १० मिनेट खर्च हुन्छ । यसले जहाजको उडान लागत बढाउँछ एकातिर भने सिमरा प्रवेश विन्दुमा हवाई ट्राफिक बढी हुन्छ । ‘भारतले पश्चिम र भैरहवाको रूट दिए गौतम बुद्धमा आउने विमानहरू सिमरा पुग्नु पर्दैन,’ उनले भने, ‘भारतले यी रूट नदिँदा जहाज उडानको रूट लामो हुने र इन्धन खर्च बढ्ने हुन्छ ।’ पश्चिमबाट प्रवेश गरेर भैरहवामा अवतरण गर्दा १० देखि १५ मिनेटसम्म समय छोटिन्छ । यसो हुँदा इन्धन बचत हुन्छ । जहाजको एक तिहाइ खर्च इन्धनकै हुन्छ । पश्चिमी प्रवेश विन्दु पाए पश्चिमी मुलुकहरूबाट काठमाडौं आउने जहाजको पनि समय र इन्धन खर्च बचत हुन्छ । २१ हजार फिटभन्दा माथिबाट आउने हो भने भैरहवा प्रवेश विन्दु दिन सकिने भारतको शर्त छ । तर, सो उचाइबाट नेपाल प्रवेश गरेको जहाजलाई सीमानजिकै रहेको गौतम बुद्ध विमानस्थलमा अवतरण गर्न आकाशमा धेरै फन्को मार्नुपर्ने हुन्छ । यसो हुँदा इन्धन खर्च बढ्छ । प्राधिकरणका एयर ट्राफिक म्यानेजमेन्ट (एटीएम) महाशाखाका निर्देशक सुर्वणराज उपाध्यायले २०१८ मा एक किसिमको सहमति भए पनि त्यसयता यस विषयमा भारतसँग औपचारिक छलफल अघि नबढेको बताए । नेपालले सन् २०१८ देखि सक्रिय रूपमा पहल गर्दै आएको हो । अहिले पनि थप रूटका लागि पहल भइरहेको उनको दाबी छ । ‘नेपालले महेन्द्रनगर एल ६२६ हवाई रूट उपलब्ध गराउन माग गर्दै आएको छ । त्यसबेला प्राविधिक रूपमा रूटका लागि सहमतिनजिक पुगेका थियौं,’ उपाध्यायले भने, ‘विविध कारणले सहमति सकेन ।’ पश्चिमबाट आउने जहाजका लागि सिमराबाट फर्किंदा लामो दूरी हुने भए पनि पूर्वबाट गौतम बुद्धमा आउनेलाई खासै समस्या नहुने उपाध्यायको भनाइ छ । अहिलेलाई पश्चिमको रूट नखुले पनि भैरहवाका लागि समस्या नहुने उनको जिकीर छ । प्राधिकरणमा लामो समयदेखि हवाई रूट हेर्दै आएका पूर्वनिर्देशक दीपक बराल हवाई रूट उपलब्ध गराउने विषयमा कर्मचारी तहबाट अधिकतम पहल भए पनि भारतले राजनीतिक र कूटनीतिक पहल खोजेको बताउँछन् । ‘कर्मचारी तहबाट अधिकतम प्रयास वर्षौंदेखि हुँदै आएको छ,’ बरालले भने, ‘कर्मचारी तहबाट मात्रै पहल हुँदा भारत सन्तुष्ट छैन ।’ नेपालगञ्ज रूट भारतले उपलब्ध गराउँदा गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थललाई पनि थप सहज हुने उनको भनाइ छ । पोखरा विमानस्थल पनि निर्माणको अन्तिम चरणमा पुगिसकेकोले छिटो हवाई रूट दिन भारतलाई राजी गराउन नेपालले ठोस पहल गर्नुपर्ने सुझाव दिइएको छ । तर, राजनीतिक तहको आग्रहलाई पनि भारतले बेवास्ता गर्दै आएको छ । हरेक प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ हवाई रूट दिने विषय उठाइन्छ । तर, नयाँ दिल्लीले सुनेको नसुन्यै गरिरहेको छ । सन् २०१८ मा २ देशका प्राधिकरण र एएआईका अधिकारीहरूबीच प्रवेश विन्दुको विषयमा छलफल हुँदा उनीहरू पश्चिमबाट आउने अन्तरराष्ट्रिय उडानका लागि महेन्द्रनगर र नेपालगञ्ज तथा पूर्वबाट आउनेका लागि जनकपुर नाकाबारे बढी केन्द्रित थिए । तर, हालसम्म उक्त विषय अन्योलमै छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन हुँदै

वैशाख ४, काठमाडौं । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिइएको छ ।  यसैगरी मन्त्री आलेले कोरोना संक्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए ।  उनका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान शुरु गर्नेछन् । अन्तरराष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि शुरु हुने प्राधिकरणले जानकारी दिएको छ ।  यसैगरी अर्को ठूलो अन्तरराष्ट्रिय विमानस्थल पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दशैंसम्ममा उक्त विमानस्थलबाट पनि अन्तरराष्ट्रिय उडान गर्ने गरी काम शुरु भएको बताइएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तरराष्ट्रिय उडान शुरु गरिने महानिर्देशक अधिकारीले बताए ।  उनले भने, ‘हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्नेछौँ र कटान दुई महीनामा सक्ने लक्ष्य राखेका छौँ ।’ नेपालमा कोरोना भाइरस करीब करीब अन्त्य हुँदै गएपछि हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तरराष्ट्रिय विमानस्थललाई २४सैं घण्टा सञ्चालन गर्ने योजना बनाएको छ । रासस

वैशाख १ देखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री आले

बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले  वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शुभारम्भ गरिने बताएका छन्।मन्त्री आलेले फागुन १५ गतेसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि वैशाख १ देखि गौतमबुद्ध विमानस्थल शुभारम्भ गरिने खुलासा गरेका हुन्। विमानस्थल निरीक्षण गर्न शनिबार भैरहवा आएका मन्त्री आलेले विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजावाहक विमान वाइडबडीबाट परीक्षण उडान गरिने बताए।उनले यान्त्र

चट्याङका कारण गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बन्द

काठमाडाैं : वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आजबाट बन्द भएको छ।शुक्रबार दिउँसो करिब ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द भएकाे हाे।विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले  टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको जानकारी दिए। उनले काठमाडौंबाट आवश्यक सामान ल्याएर शनिबार दिउँसोसम्म मर्मतको काम गरिने बताए। विमानस्थल बन्द भएपछि यात्रु फर्किएका छन्।

गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी

काठमाडौं, साउन १८। हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि बढाइएको गौतमबुद्ध ६ महीनाभित्र र पोखरा क्षेत्रीय विमानस्थल १ वर्षभित्र सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरेको हो । गौतमबुद्ध विमानस्थलका […]

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काममात्रै बाँकी रहेको छ । उनले भने, “हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ ।”क्यालिबेरेसन फ्लाइट […]

तस्वीर : परीक्षण उडानको तयारीमा गौतमबुद्ध विमानस्थल

निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडान गरिने छ । तस्वीर : रासस