चर्चित हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । अगस्ट १० मा जिम गर्ने क्रममा राजुलाई हृदयाघात भएको थियो, त्यसपछि उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो । उपचारको क्रममा राजुको अवस्था स्थिर भएपनि पछि झन् बिग्रियो । एक महिनाभन्दा बढी भेन्टिलेटरमा बसेका हास्य कलाकारको आज (बुधबार) निधन भएको छ ।राजु श्रीवास्तव भारतका सबैभन्दा लोकप्रिय र मनपर्ने हास्य कलाकार मध्ये एक थिए । कहिले रियालिटी शोमा उत्कृष्ट प्रस्तुति दिएर जनतालाई काउकुती लगाइदिए त कहिले फिल्ममार्फत् मनोरञ्जन दिए । राजु