काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा वैदेशिक व्यापारका सबै सूचकमा कमी आएको छ । भन्सार विभागका अनुसार साउनमा नेपालले एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको सामान आयात गरेको छ । यो अघिल्लो वर्षको साउनको तुलनामा १२ दशमलव ९० प्रतिशतले कमी हो ।
यस्तै साउनमा १४ अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात भएको छ, यो अघिल्लो वर्षको साउनको तुलनामा २८ दशमलव ६८ प्रतिशतले कमी हो । पहिलो महिनामा व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ, यो अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा १० दशमलव ३८ प्रति...