राप्रपा नेपालले पोखराका चार पालिकामा एमालेलाई सघाउने, एउटामा एक्लै लड्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको जानकारी गराएको हो ।यसअघि पोखरा महानगरपालिकासहित, माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार उठाएको थियो । चार पालिकाको उम्मेदवार एमालेलाई सघाउने निर्णय भएपछि फिर्ता बोलाइएको राप्रपा नेपालका केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए । अन्नपूर्ण गाउँपा

सम्बन्धित सामग्री

कास्कीमा मतदान केन्द्र र गणना स्थल तयार, तारजालीसँगै पानी छेक्न त्रिपाल

कास्की – भाेलि शुक्रवार हुने पालिका चुनावका लागि कास्कीका पाँच वटै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको छ । कास्कीका सबै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको मुख्य निर्वाचन कार्यालय पोखराका प्रवक्ता निल पनेरुले जानकारी दिनुभयाे ।  देशकै दोस्रो ठूलो सहर पोखरा महानगरमा यस पटक दुई लाख सात हजार सात सय १२ जना मतदाता छन् । कास्कीमा एक सय ५० वटा मतदान स्थल र तीन सय ३६ मतदान केन्द्र छन् जसमा झन्डै २७ सय कर्मचारी खटिएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले चुनावका द...