३० भदौ, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको सूची बनाउँदा क्लष्टरको आधारमा छनोट गर्ने जिम्मेवारी आठ सहमहामन्त्रीलाई दिएको छ । कार्यसम्पादन समितिको बैठकले समावेशीताको आधारमा सूची तय गर्नका लागि अध्ययन गरी रिपोर्ट बुझाउने अधिकार सहमहामन्त्रीहरुलाई दिएको छ । कांग्रेसमा समावेशिताको क्लष्टर अनुसार महामन्त्री चुनिएका छन् । उनीहरुले आफ्नो आफ्नो क्लष्टरको सूची बनाउने जिम्मा पाएका हुन् […]