इलाम-१ मा झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि

काठमाण्डाै - प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि पर्नु भएको छ । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २१ हजार ३ सय १२ मत ल्याउँदा उहाँले १९ हजार १ सय ७० मत ल्याउनु भएको छ ।   

सम्बन्धित सामग्री

राष्ट्रपति भएँ भने मज्जाले चलाउन सक्छुः झलनाथ खनाल

काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा आफूलाई हातको सफाइ र अन्तर्घातबाट हराइएको आरोप लगाएका छन् । ‘इलाम १ का जनताले मलाई २०४८ सालदेखि माया गरेका छन् । पटकपटक जिताएका छन् । इलामको विकास गर्ने पात्र पनि मै हुँ । मैले अबौंको योजना लगेको छु । यसपटक […]

इलाम १ मा महेश बस्नेतभन्दा झलनाथ खनाल २ हजारभन्दा धेरै मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाल २ हजार ३४ मतान्तरले पछि पर्नुभएको छ ।  ३१ हजार ८ सय ८२ मत गन्दा नेकपा एमालेका महेश बस्नेतले १३ हजार ३ सय ४६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनको समर्थन पाउनुभएका खनालले ११ हजार ७ सय १२ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।  बस्नेतले सुरुदेखि अग्रता बढाउँदै लगिरहनुभएको छ ।

इलाम-१ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अगाडि

९ मंसिर, इलाम । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्। रोकिएर बिहीबार बेलुकीदेखि  सुरु भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका हुन् । बस्नेतले ११ हजार ३ सय ९४ […]

झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ को मतगणना अवरुद्ध

एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को मतगणना अवरुद्ध भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जारी रहेकै बेला दलका प्रतिनिधिहरुले मतपत्रका बाकसमा सिलबन्दीप्रति प्रश्न उठाउँदै विरोध गरेपछि अवरुद्ध भएको हो ।यो क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेत र झलनाथ खनालबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचन अधिकृत दीपकुमार दाहालले केही प्राविधिक कारणले गणना अवरुद्ध भएपनि सहमति जुटाउने प्रयास जारी रहेको र केहीबेरमा गणना सुचारु गर्ने प्रतिक्रिया दिए।

इलाम १ मा झलनाथ खनाल ७ सयभन्दा बढी मतले पछाडि, एमालेको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाल ७ सय ३ मतले पछि पर्नु भएको छ । उहाँले अहिलेसम्म ५ हजार ९ सय ४३ मत पाउनुभएको छ । एमाले उम्मेदवार महेश बस्नेत ६ हजार ६ सय ४६ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ को यस्तो छ नमुना मतपत्र

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को नमुना मतपत्रमा ११ वटा चुनाव चिह्न रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राजनीति दल र स्वतन्त्रसहितका चुनाव चिह्न समेटेर मतपत्र तयार गरिएको हो । सो निर्वाचन क्षेत्रमा एमालेको सूर्य चिह्न पहिलो नम्बरमा रहेको छ भने जसपा दोस्रो र राप्रपाको हलो तेस्रो नम्बरमा रहेको छ । यसैगरी एकीकृत समाजवादी पार्टीको चुनाव चिह्न चौथो नम्बरमा रहेको छ ।  इलाम क्षेत्र नम्बर १ मा एमाले र एकी

झलनाथ खनाल इलाम–१ बाट उम्मेदवार सिफारिस

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (एस)का सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् । आगामी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम–२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचनका लागि प्रदेश–१ को (क) र […]

झलनाथ खनाल इलाम १ बाट चुनाव लड्ने पक्का

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल इलाम-१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन्। आगमी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम-२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ। प्रदेशसभा निर्वाचनका लागि प्रदेश-१ को क र खका […]

झलनाथ खनाल इलाम–१ बाट नै उम्मेदवार बन्ने

काठमाडौं। झलनाथ खनालले आउने चुनावमा पनि इलाम–१ बाट नै उम्मेदवार बन्ने घोषणा गरेका छन्। निर्वाचन आयोगले सरकारसँग चुनाव खर्चका लागि झण्डै ११ अर्ब मागेको छ। कांग्रेस नेता प्रदीप गिरिको निधनप्रति भारतीय नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । दसैँतिहारका लागि ५० हजार मेट्रिक टन चिनी नेपाल ल्याइने भएको छ। टी–२० विश्वकप क्रिकेटको ट्रफी भदौ १४ मा नेपाल ल्याइने भएको छ।