इलाम १ मा महेश बस्नेतभन्दा झलनाथ खनाल २ हजारभन्दा धेरै मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाल २ हजार ३४ मतान्तरले पछि पर्नुभएको छ ।  ३१ हजार ८ सय ८२ मत गन्दा नेकपा एमालेका महेश बस्नेतले १३ हजार ३ सय ४६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनको समर्थन पाउनुभएका खनालले ११ हजार ७ सय १२ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।  बस्नेतले सुरुदेखि अग्रता बढाउँदै लगिरहनुभएको छ । 

सम्बन्धित सामग्री

इलाम १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल पराजित,एमालेका महेश बस्नेत विजयी

इलाम । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेका महेश बस्नेत विजयी हुनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेर बस्नेत विजयी हुनु भएको हो । यसको औपचारिक घोषणा भने भएको छैन । बस्नेतले खनाललाई २ हजार ९५७ मतको फराकिलो […]

पूर्वप्रधानमन्त्रीविरुद्ध फराकिलो अन्तरले जितेका इलामका महेश बस्नेत

११ मंसिर, इलाम । नेकपा एमाले इलाम जिल्ला कमिटीका अध्यक्ष महेश बस्नेतलाई यसअघिका चुनावको मूख्य जिम्मेवारी हुन्थ्यो, आफ्ना उम्मेदवारहरु जिताउने । उनी सधैं क्षेत्र १ मा झलनाथ खनाल, अनि क्षेत्र २ मा सुवास नेम्बाङ जिताउन खटिन्थे । खनाल जिताउन निर्वाचन परिचालन कमिटीको संयोजन गर्ने महेश बस्नेतलाई यसपल्ट आफ्नै विगतका नेताविरुद्ध लड्ने अवस्था आइपर्‍यो । सत्ता […]

महेश बस्नेत अघिअघि‚ झलनाथ खनाल पछिपछि

इलाम : इलाम क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतलाई पछ्याएका पछ्यायै छन्।  मतगणनाको शुरुवाती चरणबाटै अघि रहेका बस्नेतले अग्रता फराकिलो बनाउँदै लगेका छन्। करिब ३३ हजार हाराहारी मतगणना हुँदा बस्नेत १,९६० मतले अगाडि छन्।पछिल्लो गणनाको परिणामअनुसार बस्नेतले १४,२०३ मत पाउँदा खनालले उनलाई पछ्याउँदै १२,२४३ मत ल्याएका छन्। उक्त क्षेत्रमा १ लाख ९,५३५ मतदाता रहेकोमा ५९,१३६

इलाम १ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अग्रता बढाउँदै

काठमाण्डाै – इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ मा मतगणना चलिरहेको छ । इलाम–१ मा एमालेका महेश बस्नेत र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच प्रतिस्पर्धा छ । पछिल्लो नतिजाअनुसार बस्नेतले खनाललाई पछाडि पार्नुभएको छ । यो क्षेत्रमा रोकिएको मतगणना हिजो बिहीवार बेलुकादेखि पुनः सुरु भएको थियो । बस्नेतले १२ हजार २ सय ७५ मत पाउँदा खनालले १० हजार ६ सय ३३ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच मताअन्तर १ हजार ६ सय ४२ रहेको छ । यस्तै इलाम क्षेत्र नम्बर–२ मा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अ...

इलाम-१ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अगाडि

९ मंसिर, इलाम । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्। रोकिएर बिहीबार बेलुकीदेखि  सुरु भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका हुन् । बस्नेतले ११ हजार ३ सय ९४ […]

झलनाथ खनाल २ हजार मतले पछाडी

काठमाडौं, मंसिर ७ । नेकपा (एमाले) का इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेत सो क्षेत्रका नेकपा |(एकीकृत समाजवादी)का उम्मेदवार झलनाथ खनालभन्दा २ हजार मतले अगाडि छन् । पछिल्लो परिणामअनुसार उनले १०२८७ मत ल्याएका छन् । खनालले ८ हजार ७ सय ८० मत ल्याएका छन् ।

झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ को मतगणना अवरुद्ध

एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को मतगणना अवरुद्ध भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जारी रहेकै बेला दलका प्रतिनिधिहरुले मतपत्रका बाकसमा सिलबन्दीप्रति प्रश्न उठाउँदै विरोध गरेपछि अवरुद्ध भएको हो ।यो क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेत र झलनाथ खनालबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचन अधिकृत दीपकुमार दाहालले केही प्राविधिक कारणले गणना अवरुद्ध भएपनि सहमति जुटाउने प्रयास जारी रहेको र केहीबेरमा गणना सुचारु गर्ने प्रतिक्रिया दिए।

इलाम १ मा झलनाथ खनाल ७ सयभन्दा बढी मतले पछाडि, एमालेको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाल ७ सय ३ मतले पछि पर्नु भएको छ । उहाँले अहिलेसम्म ५ हजार ९ सय ४३ मत पाउनुभएको छ । एमाले उम्मेदवार महेश बस्नेत ६ हजार ६ सय ४६ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

इलाम–१ मा झलनाथविरुद्ध अग्रता फराकिलो बनाउँदै महेश बस्नेत

इलाम : इलाम क्षेत्र नं. १ मा झलनाथ खनाल विरुद्ध नेकपा एमालेका महेश बस्नेतले मतान्तर बढाउँदै लगेका छन्। प्रारम्भिक मतगणनामा २ सय १४ मतले अग्रता कायम गरेका बस्नेतले दोश्रो नतिजा सार्वजनिक हुँदा मतान्तर ४ सय ७५ बनाएका छन्।५ हजार ४ सय ६९ मत गणना हुँदा बस्नेतले २ हजार ४ सय ८५ मत प्राप्त गरेका छन्। खनालले २ हजार १० मत प्राप्त गरे। मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले २ सय २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ सापकोटाले २१९, जनता समाजवादीका कमल कुमार राईले ६८ मत पाएका छन्।कांग्रेस विपिका

झलनाथको जितमा पूर्णविराम लगाउने लक्ष्य

२०५४ र २०७४ मा इलाम नगरपालिकाको मेयर बनेका महेश बस्नेत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनको प्रतिस्पर्धीका रूपमा छन्, आफ्नै पार्टीका पूर्वअध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल । २०७८ पुसदेखि एमालेका जिल्ला अध्यक्ष रहेका बस्नेत संसदीय चुनावको पहिलो प्रतिस्पर्धामा नै जित हासिल गर्न र इलाम–१ मा झलनाथ […]