काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ । स्थायी कमिटीको बैठकको भोलिपल्ट आज विशेष पत्रकार सम्मेलनमा उहाँले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभइ एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको बताउनुभयो ।
‘सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ । यो अनैतिक कार्य हो’, ओलीले भन्नुभयो । अध्यादेशप्रति ओलीले व्यंग्य पनि गर्नुभयो ।
‘माधव नेपाललाई जति चाहिन्छ त्यति संख्या भए पुग्ने भनेर लेखेक...