दैनिकी अब सामान्यतर्फ उन्मुख हुँदै

कोरोनाले विश्वकै अर्थतन्त्र डामाडोल पारिराखेको समयमा हाम्रो देशको झनै के कुरा गर्नु र ! कोरोना अनि त्यसमाथि प्राकृतिक प्रकोप (बाढी र पहिरो) दुवै मिलेर देश तहसनहस बनाइरहेछ । जनतालाई ‘घरको न घाटको’ भनेझैँ बनाइरहेछ । देशमा राजनीतिक परिवर्तन होस् या आर्थिक परिवर्तन, जताबाट पनि मारमा पर्ने भनेको सोझा जनता नै हुन् ।वैशाख १६ गतेदेखि निषेधाज्ञा […]

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिक दिवासेवा केन्द्रः पीडा भुलाउने चौतारी

देउखुरी (दाङ): चाउरी परेका अनुहार, कपाल पूरै फुलेर सेताम्मे, हिँड्न गाह्रो हुँदा लौरोको सहारा, जीवनको उत्तराद्र्धतर्फ उन्मुख यहाँका ज्येष्ठ नागरिकको अहिलेको दैनिकी हो– बिहानको खानापछि दिवासेवा केन्द्रमा पुग्ने, दुःखसुखका कुरा गर्ने तथा रमाउने । उहाँहरु त्यहाँ पुगेपछि एकैछिन मनका बह पोख्ने गर्नुहुन्छ र सुरु सुन्छ मनोरञ्जनात्मक क्रियाकलाप । बजाउन जान्नेले मादल, खैजडी आदि बजाउने, केहीले […]

रात्रि बजार : अर्थतन्त्रलाई चलायमान बनाउने उपाय

नेपालमा रात्रि बजारको अभ्यास विस्तार हुन थालेको छ । अर्थतन्त्रमा मन्दी छाएको अहिलेको अवस्थामा यस्ता गतिविधिलाई अल्पकालीन र दीर्घकालीन उपयोग गर्न सकिन्छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नुका साथै स्थानीय उत्पादन, भाषा, कला, संस्कृतिको प्रवर्द्धनसमेत गर्छ । त्यसैले सरोकारका पक्षले यसलाई रणनीतिक रूपमा अघि बढाउनुपर्छ ।  एक समय हाटबजार निकै लोकप्रिय थिए । हप्ताको कुन दिन कहाँ हाट बजार लाग्छ भन्नेमा सबैको चासो हुन्थ्यो । यस्ता हाटबजार आर्थिक गतिविधिको मुख्य अवसर मानिन्थे । पूर्वी नेपालका केही बस्तीहरूको नामकरण नै हाटबजार लाग्ने दिनबाट भएको छ । जस्तै : आइतबारे, सोमबारे, मंगलबारे, बुधबारे इत्यादि । त्यस समय किसानले आफ्नो खेतमा उब्जाएको अन्न, तरकारी, पशुपन्छीदेखि व्यापारिक प्रयोजनका लागि आयात गरिएका सबैजसो वस्तुको विक्री केन्द्र नै हाट बजार थिए । अहिले नाम चलेका नेपालका औद्योगिक घरानाहरूको अग्रज पुस्ताले नेपालमा व्यवसाय शुरू गर्दाताका यस्तै हाटबजारमा मालसामान पुर्‍याएर विक्री गर्दथे । त्यस समय आर्थिक गतिविधिका मुख्य माध्यम मानिएका हाटबजार अहिले एकाध स्थानमा होलान्, यो अभ्यास अब लोप भइसकेको छ । विभिन्न पर्वका अवसरमा लाग्ने मेला पनि एक समय आस्थासँगै व्यापारका माध्यम पनि थिए । आज आस्था रहे पनि व्यापारिक ओज कम भइसकेको छ ।  कुनै पनि वस्तुको खरीदविक्रीको लागि अब मानिसलाई हाटबजार र मेला महोत्सव पर्खिनुपर्ने स्थिति छैन । मानिसको बदलिँदो दैनिकी र प्रविधिको प्रयोगले यस्ता बजार एकप्रकारले विस्थापितजस्तै छन् । क्रेताविक्रेता दुवै प्रविधिमै अभ्यस्त हुने दिन आइसकेको छ । मानिसको व्यस्त दैनिकीले गर्दा अब सटरको व्यापार अनलाइनतिर उन्मुख भइरहेको छ । यस्तो अवस्थामा खरीददारी त अनलाइनबाट भइरहेको छ, तर मानिसलाई नभई नहुने रिफ्रेसमेन्ट कसरी हुने ? मानिसको दैनिकीको एउटा मान्यता नै छ ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम । दिनभरि कामका खटिएको मानिसलाई त्यसपछिको समय बिताउने ठाउँ बन्न सक्छ, रात्रि बजार । अहिले अनलाइन माध्यममा केन्द्रित भइरहेको वस्तुको खरीदविक्रीलाई रात्रि बजारले क्रेताविक्रेताबीच प्रत्यक्ष रूपमा कारोबारको वातावरण पनि जुटाउन सक्छ ।  अहिले अभ्यासमा रहेका औसत बजारहरू बिहान खुल्ने र साँझ पर्दा नपर्दै बन्द हुने भएकाले कार्यालय समयपछि बजारमा खरीददारीका लागि जान चाहनेहरूका लागि रात्रि बजार उपयुक्त विकल्प हुन् । एउटा समयसीमाभित्र बसेर काम गर्नुपर्ने व्यस्त दैनिकीका मानिसहरूलाई रातिको समयमा बजारमा घुमफिर र किनमेलको उपयुक्त स्थान बन्न सक्दछ, रात्रि बजार ।  विश्वमा रात्रि बजारको चलन नयाँ होइन । हाम्रो उत्तर छिमेकी चीनलाई रात्रि बजारको ‘पैतृक घर’ मानिन्छ । चीनबाट शुरू भएर रात्रि बजारको संस्कृति अन्यत्र फैलिएको देखिन्छ । ताइवानले यसलाई भरपुर उपयोग गर्‍यो । ताइवानलाई रात्रि बजारको केन्द्रबिन्दु नै मान्न थालियो । हामीकहाँ रात्रि बजारको अभ्यास भर्खरै शुरू भएको हो । यो सरोकार स्थानीय रुचि र सम्बन्धको भएकाले स्थानीय सरकारहरूको पहल यस्मा बढी हुनुपर्ने खाँचो महसूस भइरहेको अवस्थामा उपत्यकाबाहिरको वीरगञ्ज महानगरपालिकाले रात्रि बजार अघि बढाएको छ । यो सकारात्मक कुरा हो । आर्थिक तथा औद्योगिक शहरको पहिचान बनाएको वीरगञ्जमा भइरहेको यस्तो पहलबाट स्थानीय बजारले लाभ लिन सक्छ ।  कोरोना महामारीयता विश्व बजारमा सुस्ती आएको छ । अर्थतन्त्रका औसत आयाममा अरूमाथि निर्भर हाम्रो अर्थतन्त्र पनि परनिर्भर नै छ । आयमा आएको कमी र सरकारी खर्च क्षमताको ह्रासका कारण बजारमा मन्दी छ । आज अधिकांश उद्योग व्यापार क्षमताको एक चौथाइमा खुम्चिएको अवस्थामा रात्रि बजारहरू तत्कालका लागि उद्यम व्यापारलाई केही हदसम्म भए पनि त्राण दिने माहोल बन्ने सम्भावना छ । यस्ता बजारहरू तुलनात्मक कम लागतमा सञ्चालन गर्न सकिने भएकाले व्यापारको लागत न्यूनीकरण गर्दै अहिले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन प्रभावकारी हुने आशा गर्न सकिन्छ । यस्ता बजार रातको समयमा हुने भएकाले अबेरसम्म बजारमा चहलपहल भइरहन्छ । यस्तोमा प्रभावकारी सुरक्षाको चुनौतीलाई सुरक्षा निकाय र स्थानीयको बलियो सहकार्यमा व्यवस्थापन गर्न सहज हुन्छ । यसमा सुरक्षाकर्मी र समुदायको साझेदारी चाहिन्छ ।  दीर्घकालीन उद्देश्यतर्फ रात्रि बजारलाई शहरको संस्कृतिको रूपमा स्थापित गरिनुपर्छ । यसलाई उद्यम, व्यापार, पर्यटन, संस्कृति आदि सरोकारमा केन्द्रित गरिनुपर्छ । जस्तै, वीरगञ्जकै सन्दर्भ लिने हो भने वीरगञ्जको रात्रि बजारलाई यहाँको विशेषताका रूपमा स्थापित गरी वीरगञ्जमा आउने जोकोहीका लागि एकपटक पुग्नैपर्ने स्थानको रूपमा बजारीकरण गर्न सकियो भने त्यो व्यापारमात्र होइन, पर्यटन प्रवर्द्धनका लागि पनि कोसेढुंगा सावित हुन सक्दछ । यसका आधारहरू के हुन सक्छन्, यसमा गृहकार्यको खाँचो छ । स्थानीय उत्पादनको बजारीकरणका लागि यो महत्त्वपूर्ण अवसरको रूपमा उपयोग गरिनुपर्छ । औद्योगिक कोरिडोरका खास उत्पादन, घरेलु तथा हस्तकलालगायत उत्पादनलाई केन्द्रमा राखेर बजारीकरण गर्न सकिन्छ । रात्रि बजार रातिको समयमा हुने भएकाले त्यहाँ जानेहरू केवल किनमेलका लागि मात्रै पुग्दैनन् । स्थानीय खानालाई यस्ता बजारको विशेषतासँग जोड्नु आवश्यक छ । स्थानीय खाना अन्यत्र पनि रात्रि बजारको विशेषताका रूपमा पनि स्थापित छ । जस्तै ताइवानको शिलिन रात्रि बजार सडक खानाको लागि प्रख्यात छ । ताइवानकै टोङ हुवा रात्रि बजार समुद्री खाना र पर्यावरणका लागि चर्चित मानिन्छ । थाइल्यान्डको एसियाटिक दि रिभरफ्रन्ट बजार किनमेल, खाना र मनोरञ्जनको आकर्षक मिश्रणको रूपमा छ । अत: हामीकहाँ रात्रि बजारलाई स्थानीय विशेषताको आधारमा भाषा, कला, संस्कृति, स्थानीय खाना र उत्पादनको संगमका रूपमा विकास गर्नु वाञ्छनीय हुन्छ । अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश स्टार्टअप तथा इन्नोभेशन समितिका अध्यक्ष हुन् ।

गठबन्धन राजनीतिक मात्रै रहेन, वित्तीय गठबन्धन बन्यो : प्रदीप ज्ञवाली

काठमाडौँ – नेकपा एमालेले उपभोक्ता र सुशासनको दृष्टिकोणले सरकारको एक वर्ष अत्यासलाग्दो भएको निष्कर्ष निकालेको छ। एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि महंगीका कारण जनताको दैनिकी अस्तव्यस्त भएको बताएको हो। विभागले महंगीबारे आफ्नो धारणा सार्वजनिक गर्न आयोजित कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको एक वर्ष कुशासन र बर्बादीतिर उन्मुख भएको […]

भारी वर्षाले जब चोकमा थुप्रिएको फोहोर सडकभरि बनायो...

उपत्यकामा फोहोर थुप्रिएको एक महिना नै भयो। चोक चोकमा फोहोर थुप्रिदा दूर्गन्ध बढिरहेको छ। नागरिकको दैनिकी नै कष्टकर उन्मुख छ। सोमबार शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र नुवाकोट तथा धादिङका दुई पालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापनमा सहमति भए पनि कार्यान्वयन भएन। सहमति कार्यान्वयन नभएसँगै थुप्रिएको फोहोर पुनः उठ्न सकेन। जनप्रतिनिधिको रोहबरमा…

होमस्टेले लमजुङका महिलाको दैनिकी फेरिँदै – देशसञ्चार

लमजुङ –  लमजुङका महिला व्यावसायिक जीवनतर्फ उन्मुख छन्। उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन्। कुनैबेला पर्यटकीय गाउँ

होमस्टेले लमजुङका महिलाको दैनिकी फेरिँदै

लमजुङ- समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ । महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् । कुनैबेला पर्यटकीय गाउँ घलेगाउँकी विष्णुमाया […]

होमस्टेले लमजुङका महिलाको दैनिकी फेरिँदै

लमजुङ । समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ । महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् ।  कुनैबेला पर्यटकीय गाउँ […]

महँगी नियन्त्रणका उपाय

महँगीका कारण पछिल्लो समय सामान्य नागरिकको दैनिकी कष्टकर बन्न थालेको छ । रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण विश्व अर्थतन्त्र नै समस्या उन्मुख भइरहेको छ र महँगी पनि बढ्दो छ । पेट्रोलियम पदार्थको प्रमुख उत्पादकमध्ये एक रूस भएकाले त्यहाँबाट यसको निकासी बन्द भएपछि विश्वभरि नै महँगी बढ्न थालेको हो । जुनसुकै समस्याका बेला मूल्यवृद्धि हुनु सामान्य कुरा हो । तर, यस्तो संकटमा सर्वसाधारणलाई साथ दिने भनेको सरकारले हो । मूल्यवृद्धिले सर्वसाधारण आजित भइसक्दा सरकारी निकाय कानमा तेल हालेर बसेको जस्तो देखिँदै छ । अनुगमनलाई तीव्रता दिई जनताको सहयोगी बन्नुपर्ने बेला उल्टै सरकारी संयन्त्रलाई अनुगमन भएन भन्नुपर्ने बेला आएको छ । नेपालमा उपभोग्य वस्तु महँगिनुमा बजारका विसंगति र सरकारी अकर्मण्यता जिम्मेवार रहँदै आएको छ । सरकारले मूल्यवृद्धिलाई नियन्त्रणमा राख्ने हो भने विशेष प्रणालीको विकास गर्न आवश्यक छ । यस्तो प्रणालीको विकास गर्दा कसैले कसैलाई दोष लगाउनै पर्दैन । अनियन्त्रित मूल्यवृद्धिलाई रोक्न सकिने थुप्रै उपाय छन् । सरकारी संयन्त्रको ध्यान त्यतातर्फ छैन । मूल्य वृद्धिलाई रोक्न सकिने उपायको खोजी गर्नुभन्दा दोषजति व्यवसायीलाई पन्छाएर पानी माथिको ओभानो बन्ने प्रयास गरेको पाइन्छ । सरकारी संयन्त्र समस्याको समाधानभन्दा पनि प्रचारबाजीमा रमाउने गरेको पाइन्छ । साँच्चिकै मनपरी मूल्यवृद्धि रोक्ने हो भने प्रभावकारी संयन्त्र र प्रणालीको विकास गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले एउटा प्रणाली बसालेको छ जसबाट बैंकहरूको कारोबारको निगरानी राख्न सकेको छ । राष्ट्र बैंकका निर्देशनविपरीत काम गर्ने वित्तीय संस्थाबारे तुरुन्तै थाहा हुन्छ र उसले तत्कालै वित्तीय संस्थालाई बोलाएर गल्तीको मात्रा हेरी सचेत पार्नेदेखि चेतावनी दिने र कारबाहीसम्म गर्न सक्छ । त्यही भएर बैंकिङ क्षेत्र पारदर्शी छ । यस्तै पारदर्शिता वस्तुको आयात, उत्पादन, थोक र खुद्रा विक्रेताकहाँ भएको स्टक, आयातको मूल्य, विक्री मूल्य सबैलाई समेट्ने गरी डिजिटल प्रणाली स्थापना गर्न सकिन्छ । यस्तो प्रणालीमा कुनकुन सामान कतिमा आयो, स्टक कति छ र विक्री कतिमा भयो भन्ने सबै तथ्यांक थाहा हुन्छ । कसैले कार्टेलिङ र कृत्रिम अभाव गर्न खोजे यस्तो प्रणालीबाट सहजै थाहा हुन सक्छ । अस्वाभाविक किसिमले गरिने मूल्यवृद्धिलाई यस्तो प्रणालीले धेरै मात्रामा रोक्न सक्छ । यस्तो प्रणालीबारे सरकारलाई बारम्बार जानकारी दिए पनि उसले यस्तो व्यवस्था गर्न चासो दिएको छैन । आयात गरिएका सामान पहिले नै भुक्तानी गरेर ल्याइएका हुन् भने विभिन्न बहाना गरेर मूल्य बढाए प्रणाली हेरेर कारबाही गर्न पनि सहज हुन्छ । सरकारले व्यवसायीसँग ‘प्रोफेशनल’ व्यवहार गर्नुपर्छ । विकसित देशको दाँजोमा अविकसित देशहरूमा मूल्यवृद्धि बढी देखिन्छ । नेपालमा पनि मूल्यवृद्धि बढी छ । राष्ट्र बैंकको एक अध्ययनले मूल्य वृद्धि ११ प्रतिशत पुग्ने जनअपेक्षा रहेको देखाएको छ । अहिले यस्तो सर्वेक्षण गर्ने हो भने त्यो अपेक्षा अझै बढ्ने देखिन्छ । औसत मुद्रास्फीति दर निक्षेपको ब्याजदरभन्दा महँगो हुने गरेको देखिन्छ । खाद्यान्न, तरकारीजस्ता वस्तुमा मात्र होइन, पेट्रोलियम पदार्थदेखि लत्ताकपडासम्म सबै वस्तुको मूल्य बढेको पाइन्छ । अर्थशास्त्रीय दृष्टिकोण अनुसार माग र आपूर्तिका सम्बन्धमा वस्तुको मूल्य निर्धारण हुन्छ । तर, नेपालको बजारमा यो सिद्धान्तले काम गरेको छैन । नेपालका सबैजसो उपभोग्य वस्तु विदेशबाट आयात हुन्छन् । विदेशमा हुने मूल्यवृद्धि, ढुवानी भाडावृद्धि, डलरको खरीद दरमा भइरहेको वृद्धिले यसरी आयात गरिएका वस्तुहरूको मूल्य बढ्ने गरेको पाइन्छ । नेपालको कानूनले २० प्रतिशतभन्दा बढी मूल्य बढाउन नपाइने व्यवस्था छ । तर, सरकार आफै यसविपरीत पेट्रोलियम पदार्थमा कयौं गुणा बढी मूल्य असुल्ने गरेको छ । नेपालमा स्वाभाविक भन्दा पनि अस्वाभाविक मूल्यवृद्धि बढी भएको पाइन्छ । विदेशमा भाउ बढेको बहानामा, चाडपर्वको बहानामा वा अन्य कुनै बहानामा मूल्य वृद्धि हुने गरेको छ । कार्टेलिङ गरेर, कृत्रिम अभाव सृजना गरेर पनि मूल्य बढाउने गरिएको छ । यसरी बढेको मूल्य सामान्यतया तल ओर्लिएको पाइँदैन । यस्तो मूल्य वृद्धि हुँदा सरकारले अनुगमन गरिटोपल्छ । यस्तो अनुगमन बजारमा वस्तुको आपूर्ति पक्ष र मूल्यवृद्धिको वास्तविकता पत्ता लगाएर त्यसमा सुधार ल्याउनभन्दा व्यापारीलाई तर्साउन र त्यसबाट कमिशन खानसमेत अनुगमन गर्ने गरिएको छ । त्यसैले अब सरकारले मूल्यवृद्धिलाई नियन्त्रणमा राख्ने हो भने विशेष प्रणालीको विकास गर्न आवश्यक छ । यस्तो प्रणालीको विकास गर्दा कसैले कसैलाई दोष लगाउनै पर्दैन । धमिलो पानीमा माछा मार्न खोज्ने अहिलेको प्रवृतिले निश्चित समूहलाई मात्र लाभ भएको छ । यसले मूल्य, मान्य र नैतिकतामा रहेर व्यवसाय गर्ने मारमा परिरहेका छन् ।

दैनिकी धान्ने हैन, दैनिकी बदल्ने नेतृत्व चाहियो

मानवनिर्मित समूह वा संस्थाभित्र विभिन्न पृष्ठभूमि, अनुभव, दक्षता, क्षमता, योग्यता भएका व्यक्तिहरू रहेका हुन्छन् । यिनीहरूलाई सकारात्मक दिशातर्फ उन्मुख गराई समूह वा संस्थाको लक्ष्य प्राप्त गर्न अवलम्बन गर्ने सामाजिक प्रक्रियालाई नेतृत्व भनिन्छ । नेतृत्वले दूरदृष्टि निर्माण गर्दछ र अरूलाई त्यसप्रति आकर्षण र त्यससँग सम्बन्धित क्रियाकलापमा संलग्न हुने प्रेरणा दिन्छ ।नेतृत्व शब्द नेताबाट आएको हो । नेता भनेको कुनै पनि समूहलाई अगुवाइ गर्ने, निर्देशन दिने, प्रोत्साहित गर्ने र बाटो देखाउने व्यक्ति हो । न

खोप अभियानले जनजीवन सहज बन्दै

सरकारले थप २ करोड ६० लाख खोप ल्याउने तयारी गरेसँगै आर्थिक गतिविधि र मानिसको दैनिकी अझ सहज हुने भएको छ । कोरोना विरुद्धको खोप अभियानका कारण संक्रमण नियन्त्रण उन्मुख देखिएपछि सरकारले तत्काल सो संख्यामा थप खोप आयात गर्ने भएको हो ।हालसम्म देशभर प्रयोग भएको १ करोड ५० लाख मात्राको खोपले संक्रमण दर २५ प्रतिशतबाट घटेर […]