नयाँ दिल्ली र काठमाडौंबीच दैनिक हवाइ उडान (फ्लाइट) को संख्या बढाइएको छ । भारतले सबै मुलकमा व्यावसायिक रुपमा प्रतिस्पर्धी किसिमले उडानको अनुमति भने खुलाइसकेको छैन । तर काठमाडौंका लागि भने उडान संख्या थपिएको हो । बुधबार दिल्ली–काठमाडौं–दिल्ली दुईतर्फी ४/४ वटा उडान भएका छन् ।