नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज नेपाल (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलाहरुलाई पनि तत्काल कोरोना खोप लगाउन सरकारसँग माग गरेको छ । नेपालमा पछिल्लो समय गर्भवती महिलाहरूमा समेत यस संक्रमणले गम्भीर रुप देखाइरहेको दाबी गर्दै नेसोगले तत्काल कोरोना खोप लगाउन माग गरेको हो ।शनिबार नेसोगका अध्यक्ष प्रा.डा.गणेश दंगालले एक विज्ञप्ति जारी गरी हालसम्मको अध्ययनअनुसार कोरोना खोपले गर्भमा रहेका शिशुहरूलाई कुनै असर नगर्ने देखिएकोले गर्भवती महिलाहरुलाई खोपको प्रबन्ध गर्न आग्रह गरेका छन् ।वि