प्रदेश स्तरीय महिला कबडीको प्रतियोगिताको उपाधि कास्कीलाई

गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना तथा जिल्ला खेलकुद विकास समिति गोरखा र जिल्ला कबडी सङ्घको समन्वयमा गणतन्त्र दिवसको अवसर पारेर पर्यटकीय गन्तव्यको रूपमा प्रख्यात पालुङटारको लिगलिग कोटमा भएको कबडी खेलमा कास्कीले उपाधि हात पारेको छ । आज भएको खेलमा कास्कीले बागलुङलाई हराउँदै कास्की विजेता बनेको हो ।

सम्बन्धित सामग्री

सिमा र विशाललाई ब्याडमिन्टन उपाधि

दिपक बोहोरा, पाँचथर कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलमा मोरङकी सिमा राजवंशी उपाधि जितेकी छन् । सिमाले शुक्रबार भएको फाइनलमा झापाकी अञ्जना राईलाई १७–२१ २१–१५ र २१–१९ को सेटमा हराउदै उपाधि जितेकी हुन् । पुरुष एकलको उपाधि भोजपुरका विशाल तामाङले जितेका छन् । विशालले फाइनलमा ताप्लेजुङका मिलन गुरुङलाई २१–१२ र २१–१३ को सोझो सेटमा […] The post सिमा र विशाललाई ब्याडमिन्टन उपाधि first appeared on हाम्रो खेलकुद.

गण्डकी प्रदेशस्तरीय पावर लिफ्टिङको उपाधि टेकेन्द्र र शर्मीलालाई

पर्वत : कास्की जिल्ला पावरलिफ्टिङ सङ्घद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न भएको छ।पोखरा रङ्गशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूहबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा २८ जना पुरुष र १६ जना महिला गरी ४४ जना सहभागी भएका थिए। प्रतियोगितामा पुरुषतर्फको ओभरअलमा रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले पदक जितेका छन्।८३.१ देखि ९३ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा गुरुङले ५५० केजी तौल उठाएर स्वर्णसमेत हात पारेका हुन्।यस्तै बुल्स जिमका चेत