संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासको नाममा परम्परागत धरातल भुल्न नहुने बताउनुभएको छ । कोशी प्रदेशको पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको आव २०८०/८१ को बजेट सार्वजनिकीकरण कार्यक्रममा उहाँले पर्यटन प्रवर्द्धन गर्न निर्माण गरिने संरचनाले पूर्खाको झल्को दिनुपर्नेमा जोड दिनुभयो । “विदेशीको नक्कल गर्ने बानीले हामी बिग्रिरहेका छौँ”, उहाँले भन्नुभयो, “यहाँको …