सानिमा लार्ज क्याप फण्डसहित पाँच ओटा कम्पनीको इकाईमा उच्च खरीद माग

भदौ १३, काठमाडौं । आइतवार बजार खुलेको सवा एक घण्टामा करोबारमा आएका २२४ ओटा कम्पनी मध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।  सानिमा लार्ज क्याप फण्ड, एनआइसी एयिशा ब्यालेन्स फण्ड, नबिल ब्यालेन्स फण्ड २, अरुण भ्याली हाइड्रोपावर र सानिमा इक्विटी फण्डको इकाईमा सर्वाधिक इकाईमा माग भएको हो ।  यी पाँच ओटा कम्पनी मध्ये सबैभन्दा बढी सानिमा लार्ज क्याप फण्डको इकाईमा ६ लाख २५ हजार ९०० खरीद माग रहेको हो । त्यसैगरी, एनआईसी एशिया ब्यालेन्स फण्डको ५ लाख ३७ हजार इकाई, नबिल ब्यालेन्स फण्ड २ को ४ लाख २ हजार ७५ इकाई, अरुण भ्याली हाइड्रोपावरको २ लाख ८५ हजार ४८ कित्ता र सानिमा इक्विटी फण्डको २ लाख ८१ हजार ५ सय इकाई खरीदको लागि माग रहेको हो । 

सम्बन्धित सामग्री

‘नबिल फ्लेक्सी क्याप फण्ड’ खुल्लामुखी म्युचुअल फण्ड निष्कासन आजदेखि

२३ कात्तिक, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बै‌ंकिङले बुधबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि ‘नबिल फ्लेक्सी क्याप फण्ड’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रति इकाइ मूल्य १० रुपैयाँ दरको कुल ७५ करोड रुपैयाँको ७ करोड ५० लाख इकाइ म्युचुअल फण्ड निष्कासन बिक्री […]

नबिल फ्लेक्सी फण्डको आजदेखि बिक्री खुल्यो, न्युनतम १०० इकाई खरिद गर्न सकिने

काठमाडौं। आजदेखि एक खुलामुखी सामुहिक लगानी कोष(म्युचअल फन्ड) को बिक्री खुलेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आजबाट नबिल फ्लेक्सी क्याप फण्ड

एनआइसी एसिया बैंकको आईपीओ निष्कासन

एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेको यो एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथोबन्दमुखी योजना हो।...

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’

एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्दैछ । क्यापिटलले १९ जेठदेखि ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गर्न लागेको बुधबार पत्रकारसम्मेलन गरि जानकारी दिदै ।

बिहीवारदेखि फ्लेक्सी क्याप फण्ड निष्कासन गर्दै एनआईसी एशिया क्यापिटल

जेठ १८, काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । फण्डले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्कासनमा ल्याउन लागेको हो । फण्डले प्रतिइकाई रू. १० अंकित दरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । आवेदकले बिहीवारदेखि उक्त इकाईमा आवेदन दिन सक्नेछन् । निष्कासन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो। सो फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाइने छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएको खण्डमा असार २ गतेसम्म आवेदन म्याद थप गरिने  छ ।  ७ वर्षे अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर  एपबाट पनि आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यो एक बन्दमुखी योजना हो। आह्वान पत्र हेर्नका लागि यहाँ क्लिक गर्नुहोस:

चैत मसान्तसम्ममा सानिमा लार्ज क्याप फण्ड रू. ४ करोड ७ लाख नोक्सानीमा

वैशाख १४, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले चैत मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा उक्त फण्ड रू.४ करोड ७ लाख नोक्सानीमा रहेको छ । गत फागुन मसान्तसम्मममा भने फण्डले रू. ५९ लाख ७३ हजार नाफा कमाएको थियो । चैत महीनामा खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू.२ करोड ३६ लाख ऋणात्मक रहेकाले फण्ड नोक्सानीमा रहेको हो । फागुन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २ करोड १२ लाख थियो । त्यसैगरी फण्डको फागुन मसान्तसम्ममा जम्मा रू.  १ करोड ५२ लाख खर्च रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.१ करोड ७० लाख पुगेको छ । त्यसैगरी फण्डको एनएभी पनि फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्मा फण्डको एनएभी रू. १० दशमलव २० रहेकोमा चैत मसान्तसम्ममा रू. ९ दशलव ८२ कायम भएको छ। फण्डको सूचीकृत शेयरमा लगानी भने बढेको छ । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ५९ करोड ९४ लाख लगानी रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.६१ करोड २९ लाख पुगेको छ ।

सानिमा लार्ज क्याप फण्ड आजबाट बिक्री खुला, १० करोड इकाइ जारी, अवधि सात वर्ष

काठमाडौं। सानिमा बैंकअन्तर्गतको सानिमा म्युचुअल फण्डले आजबाट नयाँ इकाइ जारी गरेको छ। सानिमा लार्ज क्याप फण्ड जारी गरेको हो। यसका

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्दै, कस्तो देखिएला लगानीकर्ताको आकर्षण ?

काठमाडौं । सानिमा क्यापिटलको दोस्रो क्लोज इन्डेड म्युचुअल फण्ड आजदेखि खुला हुँदैछ । ७ वर्ष अवधि रहेको ‘सानिमा लार्ज क्याप फण्ड’ को बिक्री शुक्रबारदेखि खुला गर्न लागेको कोष व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यो म्युचुअल फण्डले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बजारमा ल्याउन लागेको हो । शुक्रबारदेखि खुला हुने उक्त आईपीओको आवेदन  मङ्गलबार बन्द हुनेछ ।प्रति इकाई १० रुपैयाँ मूल्य रहेको उक्त आईपीओका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम १ करोड कित्तासम्मको लागि आवेद

सानिमा लार्ज क्याप फण्ड माघ ९ गतेबाट जारी हुने, १० करोड इकाइ जारी, अवधि सात बर्ष

काठमाडौं। सानिमा बैंकअन्तर्गतको सानिमा म्युचुअल फण्डले  नयाँ इकाइ जारी गर्ने भएको छ। सानिमा लार्ज क्याप फण्ड माघ ९ गतेबाट