सर्लाहीका विपन्न परिवारलाई पिउने पानीको व्यवस्था गर्न चापाकल निर्माण

सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ। इस्लामिक रिलिफ नेपालको सहयोगमा वाग्मती सेवा समाज हरिवनले खानेपानीको व्यवस्था गरेको हो। वडा नम्बर १ को मस्लिम, पोखरीया तक्मा, बैद्यनाथपुर र शङ्करगञ्जका ७५, वडा नम्बर ३ को भक्तिपुर, खड्का र…

सम्बन्धित सामग्री

गण्डकीका १५ सय विपन्न परिवारलाई नयाँ घर

गण्डकी, २१ फागुन । जनता आवास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका एकहजार ५०० सय विपन्न परिवारले नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एकहजार ५०० सय एक घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा […]

विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो । प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गरिदिंदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर)सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा प्रतिघरपरिवार १२ हजारदेखि १५ हजार रुपैयाँसम्म खर्च हुन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्र अन्तर्गतका पालिकाहरूमा बसोबास गर्ने विपन्न वर्गका घरपरिपारलाई निःशुल्क मिटर वितरण गरे । गौशाला र धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्रमशः ६८ र १६२ विपन्न घरपरिवारलाई निःशुल्क मिटर वितरण गरिएको हो । कार्यकारी निर्देशक घिसिङले विद्युत् नै नपुगेका ठाउँहरूको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकहरूलाई विद्युत् पुर्याउन विद्युतीकरणको अन्तिम माइलको यात्रा चलिरहेको बताए ।  ‘विद्युत् पुगेका ठाउँको लोडसेडिङ अन्त्यको चरण पार गरी अहिले २४ सैं घण्टा लोडसेडिङ भएका ठाउँमा विद्युत् पुर्याउने चरणको अन्त्यतिर छौं, अहिले करिब ९६ प्रतिशत विद्युतीकरण भइसकेको छ, विद्युत् नै नपुगी स‍धैं लोडसेडिङमा रहेका घरमा विद्युत् पुर्याउने कार्यलाई प्राथमिकतामा राखेर बढीमा दुई वर्षभित्रमा विद्युतीकरण गर्ने गरी अन्तिम माइलको यात्रामा छौं, योसँगै विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण गरिरहेका छौं’, घिसिङले भने, ‘कोही नागरिक पनि विद्युत् उपभोगबाट वञ्चित हुनु नपरोस् भनेर विपन्न वर्गलाई निःशुल्क मिटर दिने व्यवस्था गरिएको हो, पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निः शुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुने छ ।’  मधेसलाई चाँडै पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको उल्लेख गर्दै विद्युत् नपुगेको ठाउँ भएमा तत्काल खबर गर्न र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह गरे । मधेश प्रदेशमा वैशाखसम्ममा वितरणतर्फको विद्युत् चुहावट १३.२७ प्रतिशत छ ।   उनले भने, ‘खेत खेतमा विद्युत् पुर्याएर सिंचाइमार्फत उब्जनी र उत्पादकत्व बढाउनु पर्छ, यसका लागि स्थानीय तहहरूसँगको सहकार्यमा सिंचाइको विद्युतीकरण अगाडि बढाएका छौं ।’  तराई/मधेश क्षेत्रमा सिंचाइको विद्युतीकरणका लागि धेरै माग आउने गरेको प्राधिकरणका मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।  एक सय केभिएसम्मका जुनसुकै ग्राहकका लागि र २ सय केभिएसम्म दुग्ध चिस्यान केन्द्र, शीत भण्डार, सामुदायिक खानेपानी, सामुदायिक सिंचाइलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरिएको छ ।  मधेश प्रदेशका ८ ओटा जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये ग्राहस्थ ग्राहकको संख्या ९ लाख ३४ हजार छ । यसमध्ये घरमा पाँच एम्पियरको सिंगल फेज मिटर राखी मासिक रुपमा ३० रुपैयाँ तिर्ने र २० युनिट विद्युत्  निःशुल्क पाउने ग्राहकको संख्या २ लाख छ । रासस

विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका

काठमाडौँ,१७ माघ । विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो । नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार हरेक वर्ष एक सय घर बनाउने योजनासहित काम भइरहेको छ । उनले भने, “पहिलो वर्षका लागि […]

विपन्न परिवारसँग घर बनाउन सम्झौता

काठमाडौँ,२१ पुष । सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ । सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२ को भवानी एकीकृत विकास केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको हो । घर बनाउन नगरपालिकाले नगरसभाबाट रु एक करोड विनियोजन गरेको […]

विपन्न परिवारसँग घर बनाउने सम्झौता

सिरहा । सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ ।    सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र

लहान नगरपालिकाले विपन्न परिवारलाई घर बनाएर दिने

गोलबजार : सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ।   सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई-२ को भवानी एकीकृत विकास केन्द्रबिच त्रिपक्षीय सम्झौता भएको हो। घर बनाउन नगरपालिकाले नगरसभाबाट एक करोड…

नेता भण्डारीद्वारा विपन्न परिवारलाई जस्तापाताको व्यवस्था

नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले विपन्न परिवारको घर छाउन जस्तापाताको सहयोग गर्नुभएको छ ।

आठ वर्षदेखि गरिब खोज्दै सरकार

काठमाडौं, मंसिर २८। कोरोना संक्रमणबाट प्रभावित अति विपन्न परिवारलाई नगद १० हजार रुपैयाँ हस्तान्तरण गर्न अर्थ मन्त्रालयले दसैंअघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयसँग गरिब परिवारको विवरण माग्यो। तर गरिबी निवारणले दिन सकेन। गरिबी निवारण मन्त्रालयले अहिलेसम्म गरिब परिवारको पहिचान नै गर्न नसकेका कारण विवरण उपलब्ध गराउन नसकेको हो। गरिब परिवार पहिचान गर्ने नाममा गरिबी […]

कञ्चनपुरमा विपन्नलाई घर निर्माण गर्न निःशुल्क काठ

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विपन्न उपभोक्तालाई घर निर्माणका लागि निःशुल्क काठ उपलब्ध गराउने भएको छ । समूहले विपन्न परिवारलाई चिरान गरिएको काठ घरसम्मै ढुवानी गरी उपलब्ध गराउने व्यवस्था मिलाएको हो । साँझ बिहानको छाक टार्नै मुस्किल रहेको अवस्थामा विपन्न परिवारले घर निर्माण र मर्मत गर्न नसक्ने देखिए पछि निःशुल्क रुपमा काठ उपलब्ध गराउने निर्णय गरिएको समितिका अध्यक्ष बहादुरसिंह महराले जानकारी दिनुभयो । 'झुपडीमा वर्षौँदेखि बस्दै आएका विपन्न, एक...

विपन्नलाई निःशुल्क यातायात सुविधा

हिमाली जिल्ला म्याग्दीको एक परोपकारी सामाजिक संस्थाको आग्रहमा यातायात कम्पनीले आर्थिक रुपमा विपन्न परिवारलाई निःशुल्क यातायातको व्यवस्था गर्नेभएको छ ।