कञ्चनपुरमा विपन्नलाई घर निर्माण गर्न निःशुल्क काठ

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विपन्न उपभोक्तालाई घर निर्माणका लागि निःशुल्क काठ उपलब्ध गराउने भएको छ । समूहले विपन्न परिवारलाई चिरान गरिएको काठ घरसम्मै ढुवानी गरी उपलब्ध गराउने व्यवस्था मिलाएको हो । साँझ बिहानको छाक टार्नै मुस्किल रहेको अवस्थामा विपन्न परिवारले घर निर्माण र मर्मत गर्न नसक्ने देखिए पछि निःशुल्क रुपमा काठ उपलब्ध गराउने निर्णय गरिएको समितिका अध्यक्ष बहादुरसिंह महराले जानकारी दिनुभयो । 'झुपडीमा वर्षौँदेखि बस्दै आएका विपन्न, एक...

सम्बन्धित सामग्री

माओवादीकाे रुपान्तरण अभियान : विपन्नलाई घर

नेकपा माओवादी केन्द्रको तीनमहिने रुपान्तरण अभियान अन्तर्गत श्रमदान गरी विपन्नको घर निर्माण गरिएको छ ।

पाथीभरा याङवरक गाउँपालिकाले विपन्नलाई घर बनाइदियाे

ताप्लेजुङ – ताप्लेजुङकाे पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका तीन विपन्न परिवारलाई घर बनाइदिएकाे छ ।  पाथीभरा १ नाङ्खोल्याङका मदनकुमार कामी, वडा नम्बर ५ चाक्सिबोटेका मनबहादुर राई र वडा नम्बर ३ तिरिङ्गेका बिर्खबहादुर लिम्बुका परिवारलाई घर निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष केशर मेन्याङबोले बताउनुभयो । यस्तै चाक्सिबोटेकै कमला सेनेहाङका लागि घर निर्माणको काम भइरहेकाे उहाँले जानकारी दिनुभयो । एक परिवारको घर निर्माणका लागि अवस्था र सामान ढुवानीलाई हेरेर २ देखि ४ ला...

समाजसेवी आचार्यको लगानीमा विपन्नलाई घर

सर्लाही । समाजसेवी मनोज आचार्यले आफ्नो व्यक्तिगत लगानीमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, खाल्टेका एक विपन्न परिकारको घर निर्माण गरिदिएका छन् । सडक विस्तारका क्रममा घर भत्किएपछि बिचल्लीमा परेको आशादेवी साहको परिवारका लागि ईश्वरपुर नगरपालिकाकै भक्तिपुर निवासी समाजसेवी आचार्यले घर बनाइदिएका हुन् ।